अर्को समाचार

Abc
८१ दिन अगाडि
संघको ३९ औँ स्थापना दिवसमा सदस्य संघ/संस्था सम्मानको तयारी, नेफ्स्कून एमआइएस मा स्क्यान विवरण अद्यावधिक गर्न आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संघको ३९ औँ स्थापना दिवसमा सदस्य संघ/संस्था सम्मानको तयारी, नेफ्स्कून एमआइएस मा स्क्यान विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्नो ३९औँ स्थापना दिवसको अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । 

राष्ट्रिय र प्रदेशस्तरीय विभिन्न पुरस्कार तथा सम्मानका लागि सदस्य संघसंस्थाहरूलाई संघको सूचना प्रणालीमा विवरण अद्यावधिक गरी सहभागी हुन अनुरोध गरेको हो । 

परिपत्रअनुसार, सम्मान तथा पुरस्कारका लागि सदस्य सूचना प्रणाली (MIS) मा रहेको SCAN Risk Report र संस्थाको प्रोफाइल का आधारमा छनोट गरिने भएकाले संस्थाहरूले आवश्यक विवरण समयमै अद्यावधिक गर्नुपर्ने जनाइएको छ ।

नेफ्स्कूनले यस वर्ष सर्वोत्कृष्ट व्यवस्थापक (राष्ट्रिय), सर्वोत्कृष्ट संस्था (राष्ट्रिय), उत्कृष्ट व्यवस्थापक (प्रदेशस्तरीय), उत्कृष्ट संस्था (प्रदेशस्तरीय) तथा प्रदेश/जिल्ला बचत संघ सम्मान लगायत विभिन्न विधामा सम्मान प्रदान गर्ने जनाएको छ ।

पुरस्कारमा सहभागी हुनका लागि २०८२/०८३ मा संघमा नविकरण भएको, संघबाट ऋण लिएको भएमा भाखा ननाघेको, अघिल्लो ३ महिनाको मासिक वित्तीय विवरण र २०८३ असारको अपरिस्कृत वित्तीय विवरण सदस्य सूचना प्रणालीमा दाखिला गरेको तथा प्रोफाइलमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीको विवरण अद्यावधिक गरेको हुनुपर्नेछ ।

यी विवरणहरू २०८३ श्रावण २२ गतेभित्र सदस्य सूचना प्रणालीमा प्रविष्टि भइसकेको हुनुपर्ने संघले जनाएको छ । संघले सबै सदस्य संघसंस्थाहरुलाइ विवरण अद्यावधिक गरि सहभागि हुन अनुरोध गरेको छ । 

विवरण अद्यावधिक का लागि तलको लिंकमा क्लिक गरी गर्न सक्नु हुनेछ:                               https://mis.nefscun.org.np:8443/NEFSCUN/saccos/login

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप