आर्थिक वर्ष २०८३/८४ को पहिलो स्क्यान कार्यक्रम सम्झौता फ्रेण्ड्स साकोससँग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आर्थिक वर्ष २०८३/८४ को पहिलो स्क्यान कार्यक्रम सम्झौता फ्रेण्ड्स साकोससँग

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित स्क्यान (SCAN – Supervisory Checks and Analysis for Navigation)कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८३/८४ को पहिलो स्क्यान कार्यक्रम सम्झौता गोदावरी नगरपालिका–१२, ठेचो, ललितपुरस्थित फ्रेण्ड्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग भएको छ ।

संस्थाको कार्यालयमा २०८३ श्रावण १ गते भएको सम्झौतामा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, कार्यक्रम अधिकृत शौभाग्य भट्टराई तथा सहजकर्ता शिशिर अधिकारीको उपस्थिति रहको थियो ।  साथै फ्रेण्ड्स साकोसका अध्यक्ष नन्द गोपाल महर्जन र व्यवस्थापक राजेन्द्र महर्जन ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले स्क्यान कार्यक्रमले संस्थाको सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अवस्थाको वस्तुगत मूल्याङ्कन गरी संस्थागत सुधारका लागि व्यावहारिक मार्गनिर्देशन प्रदान गर्ने बताउनुभयो । उहाँले स्क्यान कार्यक्रमलाई संस्थाको दिगो विकास र सदस्यमुखी सेवाको गुणस्तर अभिवृद्धि गर्ने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ । 

त्यसैगरी, फ्रेण्ड्स साकोसका अध्यक्ष नन्द गोपाल महर्जनले स्क्यान कार्यक्रमबाट प्राप्त हुने सुझाव र सुधार योजनालाई संस्थाले प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको सुशासन, पारदर्शिता र संस्थागत सुदृढीकरणमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका क्रममा स्क्यान कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया, मूल्याङ्कनका आधार, संस्थाको भूमिका तथा अपेक्षित उपलब्धिबारे विस्तृत छलफल गरिएको थियो । साथै, संस्थाको वर्तमान अवस्था, सम्भावित जोखिम तथा सुधारका क्षेत्रहरू पहिचान गर्दै आगामी कार्ययोजनालाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत दुवै पक्षबीच साझा समझदारी भएको थियो ।

नेफ्स्कूनले सञ्चालन गर्दै आएको स्क्यान कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूमा सुशासन प्रवद्र्धन, जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा दिगो संस्थागत विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ देशभर कार्यान्वयन हुँदै आएको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो सम्झौता फ्रेण्ड्स साकोससँग सम्पन्न हुनु यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनतर्फको महत्वपूर्ण सुरुआतका रूपमा लिइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप