प्राधिकरणको नयाँ निर्देशनः श्रावण १५ सम्म असुल भएको ब्याज अघिल्लो आर्थिक वर्षमै गणना हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणको नयाँ निर्देशनः श्रावण १५ सम्म असुल भएको ब्याज अघिल्लो आर्थिक वर्षमै गणना हुने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका लागि नयाँ निर्देशन जारी गरेको छ । 

निर्देशन अनुसार आर्थिक वर्ष २०८२/०८३ भित्र पाकेको ब्याज २०८३ साल श्रावण १५ गतेभित्र असुल भएमा त्यसलाई आर्थिक वर्ष २०८२/०८३ कै आम्दानीका रूपमा लेखांकन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा १०३ज. बमोजिमको अधिकार प्रयोग गर्दै उक्त निर्णय लागू गरेको जनाएको छ । यो व्यवस्था विशेषगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूमा लागू हुनेछ ।

यस निर्देशनले आर्थिक वर्षको अन्त्यसम्म उठ्न बाँकी रहेको ब्याज श्रावण १५ भित्र असुल भएमा त्यसलाई अघिल्लो आर्थिक वर्षको आयमा समावेश गर्न सकिने स्पष्ट पारेको छ । यसबाट सहकारीहरूको वित्तीय विवरण तयार गर्न र लेखांकनमा सहजता हुने अपेक्षा गरिएको छ  ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

पाठकबाट थप