सुशासन र जोखिम व्यवस्थापनमा सम्झौता नगर्न रजिष्ट्रार गौतमको आग्रह, नियामकसँग समन्वय थप सुदृढ बनाइने अध्यक्ष ढकालको घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र जोखिम व्यवस्थापनमा सम्झौता नगर्न रजिष्ट्रार गौतमको आग्रह, नियामकसँग समन्वय थप सुदृढ बनाइने अध्यक्ष ढकालको घोषणा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सदस्य सेवा अन्तर्गत सञ्चालन गरेको सदस्य अनुगमन एवं सुपरिवेक्षण (स्क्यान) कार्यक्रमको प्रगति समीक्षा, योजना निर्माण, म्यानुअल अद्यावधिक तथा अनुगमनसम्बन्धी तीनदिने कार्यशाला मिनभवन स्थित संघकोे केन्द्रीय कार्यालयको सभाहलमा बुधबार सम्पन्न गरेको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यशालामा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमको  प्रमुख आतित्थ्यतामा रहेको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक एवम स्थिरीकरण कोषका सञ्चालक मुकेश कर्णको समेत उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमले सहकारी संस्थामा सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउन सञ्चालक समिति, व्यवस्थापन तथा लेखा सुपरिवेक्षण प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको थियो । 

रजिष्ट्रार गौतमले स्वार्थको द्वन्द्व, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, इनसाइडर लेन्डिङ, शंकास्पद कारोबार, तरलता जोखिम तथा बजार जोखिम जस्ता विषयलाई स्क्यान अनुगमनको प्रमुख प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै नीति तथा म्यानुअल बनाउनु मात्र पर्याप्त नहुने, त्यसको व्यवहारिक कार्यान्वयन र स्थलगत परीक्षण नै प्रभावकारी अनुगमनको आधार हुने कुरा बताउदै केवाईएम, गोएमएल÷सीएफटी, शंकास्पद कारोबार प्रतिवेदन, इनसाइडर लेन्डिङ नियन्त्रण, वास्तविक लाभग्राहीको पहिचान, बजार प्रतिनिधि मार्फत हुने बचत संकलन, डिजिटल सूचना प्रणालीको सुरक्षा, तरलता व्यवस्थापन, सूचना प्रकटीकरण तथा सदस्यप्रतिको उत्तरदायित्वलाई विशेष प्राथमिकतामा राखेर स्क्यान अनुगमन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

रजिष्ट्रार गौतमले संस्थाको आकारसँगै दक्ष जनशक्ति, आधुनिक लेखा प्रणाली, प्रविधि र आन्तरिक नियन्त्रण प्रणालीमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै लेखापरीक्षणको विश्वसनीयता, लेखापरीक्षकको क्षमता र स्वतन्त्रताको समेत मूल्याङ्कन गर्नुपर्ने बताउनु भएको थियो । उहाँले नेफ्स्कूनका स्क्यान कार्यक्रमका टोलीलाई निष्पक्ष, तथ्यमा आधारित र प्रभावमुक्त ढंगले कार्यसम्पादन गर्न आग्रह गर्दै अनियमितता देखिएमा सम्बन्धित नियामक निकायमा समयमै जानकारी गराउनुपर्नेमा जोड दिनु भएको थियो । 

सहकारीको दीर्घकालीन दिगोपन सदस्यको विश्वास, सुशासन, पारदर्शिता तथा प्रभावकारी जोखिम व्यवस्थापनमा निर्भर रहने उल्लेख गर्दै सहकारीको मूल उद्देश्य सीमित व्यक्ति वा समूहको लाभ नभई सम्पूर्ण सदस्यको हित संरक्षण र संस्थाको दिगो विकास हुनुपर्ने बताउनु भएको थियो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारी क्षेत्रलाई सुरक्षित, दिगो र सुशासित बनाउने उद्देश्यले नेफ्स्कूनले जोखिममा आधारित अनुगमन लाई उच्च प्राथमिकताका साथ अघि बढाउदै सदस्य संस्था अनुगमन तथा सुपरिवेक्षण (स्क्यान)े सम्पन्न कार्यशालाको क्रममा विश्वव्यापी रूपमा वित्तीय संस्थाहरू “सेफ्टी एन्ड साउण्डनेस“ (क्बाभतथ बलम क्यगलमलभकक) को सिद्धान्तमा सञ्चालन हुने उल्लेख गर्दै नेफ्स्कूनले यही अवधारणाअनुसार आफ्ना गतिविधिहरू पुनर्संरचना गरिरहेको बताउनु भएको थियो ।

अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित यस आर्थिक वर्षमा एक हजारदेखि १२ सय सदस्य संस्थाको स्थलगत अनुगमन गर्ने र अर्को वर्ष दुई हजार संस्थासम्म अनुगमन गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्य रहेको विश्वका विकसित सहकारी प्रणालीमा समेत एक हजारभन्दा बढी संस्थाको स्थलगत अनुगमन गर्न कठिन हुने उल्लेख गर्दै उहाँले गुणस्तरीय सुपरिवेक्षणलाई नेफ्स्कूनले प्राथमिकतामा राखेको स्पष्ट पार्नु भएको थियो ।

डा. सापकोटाले नेफ्स्कूनले सहकारी विभागसँगको सहकार्यमा विकसित गरेको जोखिममा आधारित अनुगमन प्रणालीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डअनुसार अद्यावधिक गरिएको जानकारी दिदै हाल ६ वटा मुख्य क्षेत्रमा आधारित २५ वटा जोखिम सूचक अन्तिम रूप दिइएको र ती सूचकहरू पुँजी पर्याप्तता, कर्जा वर्गीकरण, प्रोभिजन, वित्तीय स्वास्थ्य तथा संस्थागत सुशासनm लगायत पक्षमा आधारित रहेको बताउनु भएको थियो ।

अनुगमनलाई केवल निरीक्षणमा सीमित नराखी संस्थाहरूलाई सुधारतर्फ प्रेरित गर्ने प्रणाली विकास गरिएको उल्लेख गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थालाई राष्ट्रिय स्तरको मान्यता तथा प्रोत्साहन प्रदान गर्ने व्यवस्था विकास भइरहेको जानकारी दिनु भएको थियो । 

नेफ्स्कूनले वार्षिक रूपमा करिब १५ हजार जनालाई तालिम प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यस वर्ष करिब १३ हजार ६ सय जनालाई तालिम दिई सकेको बताउनु भएको थियो । तालिम, अनुगमन, जोखिम व्यवस्थापन, वित्तीय स्वास्थ्य सुधार तथा संस्थागत क्षमता अभिवृद्धिमार्फत सहकारी क्षेत्रलाई दिगो र विश्वसनीय बनाउने अभियानमा नेफ्स्कून प्रतिबद्ध रहेको भनाइ राख्दै प्रमुख अतिथि तथा नियामक निकायबाट प्राप्त मार्गदर्शनले नेफ्स्कूनका अनुगमन अधिकृत र प्राविधिक टोलीलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गर्दै नियामकीय अपेक्षा पूरा गर्न सक्षम, उत्तरदायी र विश्वसनीय केन्द्रीय संघका रूपमा नेफ्स्कूनलाई विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यशालाका अध्यक्ष तथा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी क्षेत्रको सुशासन र प्रभावकारी अनुगमनका लागि स्क्यान प्रणालीलाई अझ सुदृढ बनाइने बताउँदै भविष्यमा नेफ्स्कूनमा आबद्ध सबै सदस्य संस्थालाई क्रमशः स्क्यान प्रणालीमा आबद्ध गरिने र स्क्यानमा आबद्धता सदस्यताको महत्वपूर्ण आधार बन्ने संकेत दिनु भएको थियो । स्क्यानको उद्देश्य संस्थाका कमजोरी पहिचान गरी सुधार गर्नु मात्र नभई आवश्यक सूचना नियामक निकायसम्म पु¥याएर सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउनु रहेको स्पष्ट पार्नु भएको थियो ।

अध्यक्ष ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग र नेपाल राष्ट्र बैंक सँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नेफ्स्कून आफ्ना सदस्य संस्थाप्रति अझ जिम्मेवार बन्दै जाने बताउनु भएको थियो । स्क्यान कार्यक्रमका अनुगमन टोलीलाई निष्पक्ष, तथ्यमा आधारित र परिणाममुखी ढंगले कार्यसम्पादन गर्न आग्रह गर्दै सहकारी क्षेत्रको विश्वसनीयता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न सदस्य संस्था, नेफ्स्कून र नियामक निकायबीच सशक्त सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नु भएको थियो । 

विभागीय प्रमुखहरू तथा उच्च व्यवस्थापन तहका २५ जना कर्मचारीहरूको उपस्थिति रहेको कार्यशालाको सञ्चालन नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।


 

भर्खरै
सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशालाको तेस्रो दिन
सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशालाको तेस्रो दिन

१० घण्टा अगाडि

कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न
कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न

१ दिन अगाडि

सहकारी क्षेत्रको विश्वास पुनःस्थापना गर्न सबैको साझा प्रयास आवश्यक : राम कुमार महत्तो
सहकारी क्षेत्रको विश्वास पुनःस्थापना गर्न सबैको साझा प्रयास आवश्यक : राम कुमार महत्तो

१ दिन अगाडि

सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशाला सुरु
सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशाला सुरु

३ दिन अगाडि

सहकारीमा भू सेवा केन्द्र व्यवस्थापनसम्बन्धी अनलाइन तालिम सञ्चालन, ११० जनाको सहभागिता
सहकारीमा भू सेवा केन्द्र व्यवस्थापनसम्बन्धी अनलाइन तालिम सञ्चालन, ११० जनाको सहभागिता

३ दिन अगाडि

महिला हित साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
महिला हित साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि न्यु धौलागिरि साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि न्यु धौलागिरि साकोसको अनुगमन

५ दिन अगाडि

नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना
नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना

५ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

११ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

९ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१८ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप