सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशालाको तेस्रो दिन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशालाको तेस्रो दिन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सदस्य सेवा अन्तर्गत सदस्य अनुगमन एवम् सुपरिवेक्षण (स्क्यान) कार्यक्रमको प्रगति समीक्षा, योजना निर्माण, म्यानुअल अद्यावधिक एवं अनुगमनसम्बन्धी तेस्रो दिनको कार्यशाला राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य तथा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक अनुज दाहाल र सहकारी विभागका कानून अधिकृत कृष्ण प्रसाद बस्यालको आतिथ्यतामा  सञ्चालन भएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सञ्चालित कार्यशालामा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, विभागीय प्रमुखहरू तथा उच्च व्यवस्थापन तहका २५ जना कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

कार्यशालाको सम्बोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य तथा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक अनुज दाहालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्ना सदस्य बचत तथा ऋण सहकारी संस्थाहरूमा सुशासन, वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण तथा स्व–नियमनको संस्कृतिलाई संस्थागत गर्न खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

नेफ्स्कूनमा आबद्ध अधिकांश सहकारी संस्थाहरूमा व्यवस्थापन र सुशासनका दृष्टिले सकारात्मक अभ्यास कायम रहनु स्वयं नेफ्स्कूनको संस्थागत नेतृत्व र निरन्तर अनुगमन प्रणालीको परिणाम भएको धारणा व्यक्त गर्नुभयो । सहकारी क्षेत्रको दिगोपन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न प्रभावकारी नियमन, सुदृढ अनुगमन तथा सहकारी अभियान र नियामक निकायबीचको समन्वयलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

दाहालले असल अभ्यास अपनाएर सञ्चालन भइरहेका सहकारी संस्थाहरूमा सिर्जना भएको अनावश्यक त्रास र अन्योलको वातावरण अन्त्य गर्दै, विधि, सुशासन र सदस्यको हितविपरीत देखिएका विकृति तथा विसंगतिमाथि प्रभावकारी नियन्त्रण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नियमनको उद्देश्य असल संस्थालाई निरुत्साहित गर्नु नभई सुशासनको प्रवद्र्धन र सदस्यहरूको हित संरक्षण गर्नु रहेको उहाँको भनाइ थियो । 

कार्यशालामा सहकारी विभागका कानून अधिकृत कृष्ण प्रसाद बस्यालले सहकारी अभियानलाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन सहकारी विभाग, विषयगत केन्द्रीय संघ, जिल्ला सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाबीच आपसी समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड  दिनुभएको थियो । सहकारी क्षेत्रको शुद्धीकरण कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै सबै निकायले आफ्नो–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनु भएको थियो । जिम्मेवारीबाट कुनै पनि निकाय पछि हटे सहकारी अभियानलाई सही दिशामा अघि बढाउन कठिन हुन र सहकारी अभियानमा देखिएका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै अब कसले के गर्ने भन्ने विषय स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याउदै “नेफ्स्कूनले के गर्ने, विभागले के गर्ने, विषयगत संघ र जिल्ला सहकारी संघहरूले के गर्ने भन्ने विषयमा स्पष्ट कार्यविभाजन र साझा प्रतिबद्धता आवश्यक भएको कुरा बताउनु भएको थियो ।

नेफ्स्कूनद्वारा सञ्चालन भइरहेको स्क्यान  कार्यक्रमका २५ वटा सूचकहरू प्रभावकारी रहेको उल्लेख गर्दै ती सूचकमा सहकारीका कानुनी प्रावधानहरू समेटिएको बताउनु भएको थियो । सम्पत्ति शुद्धीकरण (AML/CFT), कानुनी परिपालना तथा सुशासनका विषयलाई अझ बढी प्राथमिकता दिएर कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिनु भएको थियो ।

त्यसैगरी, विभागले अपेक्षा गरेको कोपोमिस (COPOMIS) प्रणालीमा सहकारी संस्थाहरूको आबद्धता बढाउन नेफ्स्कूनले सहजीकरणको भूमिका अझ सक्रिय रूपमा निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो। विभाग र प्रारम्भिक सहकारी संस्थाबीच समन्वयको पुलका रूपमा नेफ्स्कूनले काम गर्नुपर्नेमा समेत जोड दिनु भएको थियो । तालिम, क्षमता विकास र स्थलगत अनुगमनका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउन सके सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरणमा थप टेवा पुग्ने साथै, सहकारी संघ र सहकारी संस्थाको भूमिका तथा जिम्मेवारी स्पष्ट रूपमा परिभाषित गरी सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भएको थियो । सहकारी क्षेत्रको दीगो विकास, सुशासन प्रवद्र्धन र सदस्यको विश्वास अभिवृद्धिका लागि सबै सरोकारवाला निकायबीच निरन्तर समन्वय, सहकार्य र साझा उत्तरदायित्वको भावना आवश्यक रहेकोमा जोड दिनु भएको थियो । कार्यशालाको सञ्चालन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।

भर्खरै
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

१ दिन अगाडि

रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग
रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग

१ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

४ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप