कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आयोजित ‘प्रगति समीक्षा, योजना निर्माण, म्यानुअल अद्यावधिक एवं स्थलगत अनुगमन कार्यशाला’ को दोस्रो दिन कर्जा सूचना केन्द्र (Credit Information Bureau of Nepal - CIB) मा सहकारी संस्थाहरूको आबद्धता तथा प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न भएको छ । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सञ्चालित कार्यशालामा कर्जा सूचना केन्द्रबाट शिला श्रेष्ठ, कृषा थापा र अभिषेक थापाको उपस्थिति रहेको थियो । 

अन्तरक्रियामा सहकारी क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले विकसित भइरहेको कर्जा सूचना प्रणालीको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत प्रस्तुति भएको थियो ।

प्रस्तुतीकरणका क्रममा बचत तथा ऋण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्र (Credit Information Bureau of Nepal) मा आबद्ध गराउने अभियान, प्रोडक्ट क्याटलग (Product Catalogue) को मानकीकरण, डिजिटल रिपोर्टिङ प्रणालीको विकास, संस्थागत क्षमता अभिवृद्धि तथा प्रणाली कार्यान्वयनका लागि भइरहेका प्राविधिक तयारीबारे विस्तृत जानकारी भएको थियो । यस अवसरमा कर्जा सूचना केन्द्रका प्राविधिक टोलीका शीतल श्रेष्ठ, कृष्ण थापा र अभिषेक नेपाल ले प्रणालीको संरचना, कार्यप्रणाली, कार्यान्वयनका चरण तथा अपेक्षित नतिजाबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कअनुसार असार २९ गतेसम्म १,१५० सहकारी संस्थाहरू कर्जा सूचना केन्द्रमा दर्ता भइसकेका छन्, जसमध्ये ८९८ वटा बचत तथा ऋण सहकारी संस्थाहरू रहेका छन् । यो उपलब्धिलाई सहकारी क्षेत्रमा एकीकृत, विश्वसनीय र प्रविधिमा आधारित कर्जा सूचना प्रणाली स्थापना गर्ने दिशामा भएको महत्वपूर्ण प्रगति का रूपमा लिइएको बताउनु भएको थियो ।

सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्रमा आबद्ध हुन संस्था दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, सञ्चालक समितिको निर्णय, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट प्राप्त सञ्चालन अनुमति पत्र तथा आवश्यक आवेदनसहितका कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको जानकारीे प्रद्धान भएको थियो । आवेदन स्वीकृत भएपछि Member Institution-s Registration System (MIRS) मार्फत अनलाइन प्रणालीबाट सदस्यता प्रदान गरिने र वार्षिक सदस्यता शुल्क रु. १,१३० (भ्याटसहित) निर्धारण गरिएको छ ।

नेपालभरका बचत तथा ऋण सहकारी संस्थाहरूमा सेवा तथा वित्तीय उत्पादनको मानकीकरण (Product Standardization) गर्दै आधुनिक प्रविधिमा आधारित कर्जा सूचना प्रणाली विकासको कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी प्रद्धान भएको थियो । हाल प्रारम्भिक चरणमा रहेका केही सहकारी संस्थासँगको सहकार्यमा Application Programming Interface (API) र Reporting System  को परीक्षण भइरहेको तथा User Acceptance Testing (UAT) Sandbox सम्पन्न भएपछि प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने तयारी रहेको बताइएको छ ।

कार्यशालामा नेफ्स्कूनका विभागीय प्रमुखहरू तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

भर्खरै
लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप