कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आयोजित ‘प्रगति समीक्षा, योजना निर्माण, म्यानुअल अद्यावधिक एवं स्थलगत अनुगमन कार्यशाला’ को दोस्रो दिन कर्जा सूचना केन्द्र (Credit Information Bureau of Nepal - CIB) मा सहकारी संस्थाहरूको आबद्धता तथा प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न भएको छ । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सञ्चालित कार्यशालामा कर्जा सूचना केन्द्रबाट शिला श्रेष्ठ, कृषा थापा र अभिषेक थापाको उपस्थिति रहेको थियो । 

अन्तरक्रियामा सहकारी क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले विकसित भइरहेको कर्जा सूचना प्रणालीको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत प्रस्तुति भएको थियो ।

प्रस्तुतीकरणका क्रममा बचत तथा ऋण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्र (Credit Information Bureau of Nepal) मा आबद्ध गराउने अभियान, प्रोडक्ट क्याटलग (Product Catalogue) को मानकीकरण, डिजिटल रिपोर्टिङ प्रणालीको विकास, संस्थागत क्षमता अभिवृद्धि तथा प्रणाली कार्यान्वयनका लागि भइरहेका प्राविधिक तयारीबारे विस्तृत जानकारी भएको थियो । यस अवसरमा कर्जा सूचना केन्द्रका प्राविधिक टोलीका शीतल श्रेष्ठ, कृष्ण थापा र अभिषेक नेपाल ले प्रणालीको संरचना, कार्यप्रणाली, कार्यान्वयनका चरण तथा अपेक्षित नतिजाबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कअनुसार असार २९ गतेसम्म १,१५० सहकारी संस्थाहरू कर्जा सूचना केन्द्रमा दर्ता भइसकेका छन्, जसमध्ये ८९८ वटा बचत तथा ऋण सहकारी संस्थाहरू रहेका छन् । यो उपलब्धिलाई सहकारी क्षेत्रमा एकीकृत, विश्वसनीय र प्रविधिमा आधारित कर्जा सूचना प्रणाली स्थापना गर्ने दिशामा भएको महत्वपूर्ण प्रगति का रूपमा लिइएको बताउनु भएको थियो ।

सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्रमा आबद्ध हुन संस्था दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, सञ्चालक समितिको निर्णय, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट प्राप्त सञ्चालन अनुमति पत्र तथा आवश्यक आवेदनसहितका कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको जानकारीे प्रद्धान भएको थियो । आवेदन स्वीकृत भएपछि Member Institution-s Registration System (MIRS) मार्फत अनलाइन प्रणालीबाट सदस्यता प्रदान गरिने र वार्षिक सदस्यता शुल्क रु. १,१३० (भ्याटसहित) निर्धारण गरिएको छ ।

नेपालभरका बचत तथा ऋण सहकारी संस्थाहरूमा सेवा तथा वित्तीय उत्पादनको मानकीकरण (Product Standardization) गर्दै आधुनिक प्रविधिमा आधारित कर्जा सूचना प्रणाली विकासको कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी प्रद्धान भएको थियो । हाल प्रारम्भिक चरणमा रहेका केही सहकारी संस्थासँगको सहकार्यमा Application Programming Interface (API) र Reporting System  को परीक्षण भइरहेको तथा User Acceptance Testing (UAT) Sandbox सम्पन्न भएपछि प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने तयारी रहेको बताइएको छ ।

कार्यशालामा नेफ्स्कूनका विभागीय प्रमुखहरू तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप