सहकारी क्षेत्रको विश्वास पुनःस्थापना गर्न सबैको साझा प्रयास आवश्यक : राम कुमार महत्तो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रको विश्वास पुनःस्थापना गर्न सबैको साझा प्रयास आवश्यक : राम कुमार महत्तो

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सदस्य सेवा अन्तर्गत सदस्य अनुगमन एवम् सुपरिवेक्षण (स्क्यान) कार्यक्रमको प्रगति समीक्षा, योजना निर्माण, म्यानुअल अद्यावधिक एवं अनुगमनसम्बन्धी दोश्रो दिनको कार्यशाला राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक राम कुमार महतोको प्रमुख आतिथ्यतामा सञ्चालन भएको छ । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सञ्चालित कार्यशालामा, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक एवम स्थिरीकरण कोषका सञ्चालक मुकेश कर्णको समेत  उपस्थिति रहेको थियो ।
 राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक राम कुमार महत्तोले नेफ्स्कूनबारे आफूले सामान्य रूपमा बुझेको अनुभव साझा गर्दै सहकारी क्षेत्रको हित प्रवद्र्धन र सहकारी संस्थाहरूको सुदृढीकरणका लागि नेफ्स्कूनले निरन्तर काम गरिरहेको बताउनुभयो । सहकारी क्षेत्रमा कार्यरत सबै निकायहरूको साझा उद्देश्य सहकारीको हित प्रवद्र्धन गर्नु, संस्थाहरूलाई सुदृढ बनाउनु तथा सकारात्मक कार्यमार्फत सहकारी अभियानलाई बलियो बनाउनु हो । खराब उद्देश्यका लागि कुनै पनि निकाय स्थापना नभएको भन्दै यो सबैका लागि सर्वमान्य विषय रहेको उहाँले उल्लेख गर्नुभयो ।

सहकारी क्षेत्रमा कार्यरत विभिन्न संयन्त्रहरू रहेको, सहकारीका मूल्य, मान्यता, सिद्धान्त, अभ्यास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवबारे अध्ययन र छलफल आवश्यक रहेको बताउनुभयो । साथै, सहकारी क्षेत्रका समस्या र चुनौतीहरू पहिचान गरी समाधानका उपाय तथा कार्ययोजना तयार गर्नु अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । नेफ्स्कूनको छोटो कार्यक्रममा सहभागी हुँदा आफूले सहकारी क्षेत्रका धेरै नयाँ पक्षहरू अझ नजिकबाट बुझ्ने अवसर पाएको पनि उहाँले बताउनुभएको छ । 

सहकारी अभियानले उल्लेखनीय सफलता हासिल गरेको, सहकारीकर्मीहरूले त्यसमा गर्व गर्न सक्ने अवस्था सिर्जना भएको र सहकारी क्षेत्रले उल्लेखनीय प्रगति गरेको बताउनुभएको छ  तर, यही सफलतासँगै केही सहकारीमा देखिएका नकारात्मक गतिविधि र विकृतिहरू विस्तारै बढ्दै जाँदा अन्ततः सहकारी संकटको अवस्था सिर्जना भएको र अहिले सहकारी भन्नेबित्तिकै ठूलो समस्या भएको धारणा बनेको र आफ्नो दुःख–पसिनाबाट जम्मा गरेको बचत फिर्ता नपाएको गुनासो गर्दै बचतकर्ताहरू प्रायः दैनिकजसो प्राधिकरणमा आउने गरेको बताउनुभयो । 

सहकारी क्षेत्रमा यति धेरै सक्रियता हुँदाहुँदै पनि यस्तो अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गर्दैे नेफ्स्कूनमा आबद्ध अधिकांश सहकारी संस्थाहरूमा समस्या नदेखिनु नेफ्स्कूनको महत्वपूर्ण सफलता भएको बताउनुभयो । एक–दुई संस्थाबाहेक नेफ्स्कूनमा आबद्ध सहकारीहरू व्यवस्थित रहनु सकारात्मक उपलब्धि भएको बताउनुभयो । 

अब सहकारी अभियानलाई केवल अगाडि बढाउने मात्र नभई, विगतमा सहकारीले हासिल गरेको विश्वास, सफलता र गौरवपूर्ण अवस्थालाई पुनः स्थापित गर्नुपर्ने, पहिले त्यो अवस्था पुनः प्राप्त गरेपछि मात्र अभियानलाई थप उचाइमा लैजान सकिने बताउनुभयो । 

सहकारी नियमन प्राधिकरणको जिम्मेवारीबारे चर्चा गर्दै उहाँले कार्यकारी निर्देशकका रूपमा काम गर्दा जनशक्ति, स्रोत–साधन, नीति तथा कानुनी आधारको अभावका कारण चुनौतीहरू रहेको स्वीकार गर्नुभएको छ । प्राधिकरण भर्खरै स्थापना भएकाले धेरै काम गर्नुपर्ने भए पनि आवश्यक जनशक्ति र नीतिगत पूर्वाधार पर्याप्त नभएको यद्यपि, सहकारी संस्थाहरूको अनुगमन, सुपरिवेक्षण तथा बचत तथा ऋण सहकारी संस्थाहरू को अवस्थाको मूल्याङ्कन लगायतका धेरै काम नेफ्स्कूनले प्रभावकारी रूपमा गरेकोमा नेफ्स्कूनप्रति आभार व्यक्त गर्नुभयो ।

प्राधिकरण र नेफ्स्कूनले गर्ने धेरै कार्यहरू समान प्रकृतिका छन् ।  जसले काम गरे पनि अन्ततः सहकारी क्षेत्रको हितमा सकारात्मक नतिजा देखिनु नै महत्वपूर्ण हुने भएकाले नेफ्स्कूनले गरेको कामलाई प्राधिकरणको कामकै रूपमा र प्राधिकरणले गरेको कामलाई नेफ्स्कूनको प्रयासकै निरन्तरताका रूपमा लिन सकिने बताउनुभयो । 

अन्त्यमा उहाँले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई सबै सरोकारवालाले संयुक्त रूपमा थप सुदृढ बनाउन सकेमा सम्पूर्ण सहकारीकर्मी र अभियन्ताहरूको प्रयास सफल हुने तथा समग्र सहकारी अभियान अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रमका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले नेफ्स्कूनले सहकारी क्षेत्रको क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र सुशासन प्रवद्र्धनलाई केन्द्रमा राखेर आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । यस्ता समीक्षा तथा योजना निर्माणसम्बन्धी कार्यशालाले विगतका उपलब्धि र कमजोरीको वस्तुगत समीक्षा गर्दै आगामी कार्यदिशालाई अझ स्पष्ट, प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै, बदलिँदो सहकारी परिवेशअनुसार कार्यपद्धति, म्यानुअल तथा अनुगमन प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै सदस्य संस्थालाई गुणस्तरीय सेवा प्रदान गर्नु नेफ्स्कूनको प्राथमिकता रहेको बताउनुभयो । 

कार्यशालामा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, विभागीय प्रमुखहरू तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

भर्खरै
बंगलामुखी साकोसद्वारा वित्तीय साक्षरताका लागि ‘बचत खेल तालिम’ 
बंगलामुखी साकोसद्वारा वित्तीय साक्षरताका लागि ‘बचत खेल तालिम’ 

१८ घण्टा अगाडि

आधुनिक कृषि प्रवर्द्धनका लागि ज्योति मिर्मिरे साकोसमा कृषक व्यवसाय खेल तालिम सम्पन्न
आधुनिक कृषि प्रवर्द्धनका लागि ज्योति मिर्मिरे साकोसमा कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

उद्यमशीलता प्रर्बधनका लागि सगुन साकोस बर्दियाको आयोजनामा लघु व्यवसाय खेल तालिम सम्पन्न 
उद्यमशीलता प्रर्बधनका लागि सगुन साकोस बर्दियाको आयोजनामा लघु व्यवसाय खेल तालिम सम्पन्न 

२ दिन अगाडि

बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 

३ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

४ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

४ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

६ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

६ दिन अगाडि

Notice
Notice

१४ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

४ दिन अगाडि

बंगलामुखी साकोसद्वारा वित्तीय साक्षरताका लागि ‘बचत खेल तालिम’ 
बंगलामुखी साकोसद्वारा वित्तीय साक्षरताका लागि ‘बचत खेल तालिम’ 

१८ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

३० दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२८ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३८ दिन अगाडि

पाठकबाट थप