सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशाला सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशाला सुरु

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सदस्य सेवा अन्तर्गत सदस्य अनुगमन एवम् सुपरिवेक्षण (स्क्यान) कार्यक्रमको प्रगति समीक्षा, योजना निर्माण, म्यानुअल अद्यावधिक एवं अनुगमनसम्बन्धी कार्यशाला  असार २९ देखि ३१ गते सम्म काठमाडौंको मीनभवन स्थित केन्द्रीय कार्यालयमा आयोजना  गरेकोछ ।  

तीन दिन सम्म सञ्चालन हुने जोखिम सुपरिवेक्षण सम्बन्धी समीक्षामा केन्द्रीय कार्यालय, प्रदेश कार्यालयमा कार्यरत २५ जना अधिकृत कर्मचारीहरूको सहभागिता रहेको छ ।

कार्यशालामा चालु आर्थिक वर्षमा जोखिम सुपरिवेक्षण र सदस्य सेवामा भएकोे प्रगतिको समग्र समीक्षा गर्दै आगामी आर्थिक वर्षको योजना, कार्यक्रम तथा कार्यान्वयन रणनीतिलाई थप प्रभावकारी, परिणाममुखी र सदस्यकेन्द्रित बनाउने विषयमा गहन छलफल भएको छ । यसका साथै सेवा प्रवाहसँग सम्बन्धित परीक्षण पूस्तिका (म्यानुअल), कार्यविधि तथा सञ्चालन प्रक्रियालाई समयसापेक्ष परिमार्जन गर्ने, कार्यसम्पादनमा एकरूपता कायम गर्ने तथा सदस्य संस्थालाई प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्ने विषयमा समेत छलफल भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले समीक्षा र योजना निर्माणलाई संस्थागत विकासको आधारस्तम्भका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले सदस्य संस्थाको वास्तविक अवस्था बुझ्न कार्यालयमा बसेर निर्देशन दिनुभन्दा प्रत्यक्ष रूपमा संस्थामा पुगेर समस्या, आवश्यकता र सम्भावनाको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी क्षेत्रमा बढ्दो नियामकीय उत्तरदायित्व, सुशासन र वित्तीय अनुशासनका चुनौतीलाई अवसरका रूपमा ग्रहण गर्दै सदस्य संस्थालाई समयमै आवश्यक सहजीकरण, क्षमता विकास र अनुगमन उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सदस्य सेवा, तालिम, अनुगमन र कार्यक्रम विकासबीच प्रभावकारी समन्वय कायम गर्दै तथ्यमा आधारित योजना निर्माण गर्न उहाँले सहभागीहरूलाई आग्रह गर्नुभएको छ । 

डा. सापकोटाले कार्यशालाबाट प्राप्त निष्कर्ष र सिकाइलाई आगामी आर्थिक वर्षका कार्यक्रम तथा कार्ययोजनामा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै यसले सदस्य संस्थाको दिगो विकास, संस्थागत सुशासन, पारदर्शिता र सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेफ्स्कून सदस्य सेवा विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले नेफ्स्कूनका नीति, कार्यविधि तथा म्यानुअलहरूलाई समयसापेक्ष रूपमा अद्यावधिक गर्ने, संस्थागत प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सेवा प्रवाहमा एकरूपता कायम गर्ने विषयमा सहजीकरण गर्नुभएको छ ।

सुरक्षित साकोस र समुन्नत समाज निर्माणको आफ्नो दीर्घकालीन लक्ष्यलाई साकार पार्न यस्ता समीक्षा, योजना निर्माण तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएकोे छ । तीनदिने कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षले आगामी कार्यदिशा निर्धारणका साथै सदस्य संस्थाप्रति नेफ्स्कूनको सेवा प्रवाहलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप