सहकारीमा भू सेवा केन्द्र व्यवस्थापनसम्बन्धी अनलाइन तालिम सञ्चालन, ११० जनाको सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा भू सेवा केन्द्र व्यवस्थापनसम्बन्धी अनलाइन तालिम सञ्चालन, ११० जनाको सहभागिता

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सहकारी संस्थाहरूका लागि आयोजित ‘भू सेवा केन्द्र व्यवस्थापन तालिम’ आइतबार सम्पन्न भएको छ । 

सहकारी क्षेत्रमा डिजिटल प्रणालीको उपयोग बढाउँदै सेवालाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ तालिम आयोजना भएको नेफ्स्कून तालिम स्रोतले जनाएको छ ।  

अभौतिक (जुम) माध्यमबाट सञ्चालन गरिएको तालिममा देशभरका ९० वटा बचत तथा ऋण सहकारी संस्थाहरूबाट ११० जना व्यवस्थापक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले सहभागीहरूलाई स्वागत गर्दै तालिमको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । सहकारीहरूले मालपोत कार्यालयसँग जोडिएर दिने भू सेवालाई प्रविधिमैत्री र पारदर्शी बनाउन  तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो । 

तालिमको मुख्य सहजीकरण नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्था तथा अभिलेख विभागका कम्प्युटर अधिकृत हरिशरण थापाले गर्नुभएको थियो । उहाँले भू सेवा केन्द्रको प्राविधिक पक्ष, जग्गा रोक्का तथा फुकुवा प्रक्रिया, अनलाइन प्रणालीको सुरक्षित प्रयोग र व्यवस्थापनका व्यावहारिक विधिहरूका बारेमा विस्तृत प्रशिक्षण दिनुभएको थियो ।

अनलाइन तालिमको सञ्चालन तथा व्यवस्थापन नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने तालिम व्यवस्थापनको जिम्मेवारी निश्चल खतिवडा र प्राविधिक व्यवस्थापनको जिम्मेवारी डम्बर गोपालीले निभाउनुभएको थियो ।

डिजिटल प्रविधिको प्रयोगमार्फत सदस्यहरूलाई छिटो–छरितो र भरपर्दो सेवा प्रवाह गर्न यो तालिम निकै उपयोगी रहेको सहभागीहरूले बताएका छन् । नेफ्स्कूनले आगामी दिनमा पनि आफ्ना सदस्य संस्थाहरूको प्राविधिक क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप