सहकारीमा भू सेवा केन्द्र व्यवस्थापनसम्बन्धी अनलाइन तालिम सञ्चालन, ११० जनाको सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा भू सेवा केन्द्र व्यवस्थापनसम्बन्धी अनलाइन तालिम सञ्चालन, ११० जनाको सहभागिता

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सहकारी संस्थाहरूका लागि आयोजित ‘भू सेवा केन्द्र व्यवस्थापन तालिम’ आइतबार सम्पन्न भएको छ । 

सहकारी क्षेत्रमा डिजिटल प्रणालीको उपयोग बढाउँदै सेवालाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ तालिम आयोजना भएको नेफ्स्कून तालिम स्रोतले जनाएको छ ।  

अभौतिक (जुम) माध्यमबाट सञ्चालन गरिएको तालिममा देशभरका ९० वटा बचत तथा ऋण सहकारी संस्थाहरूबाट ११० जना व्यवस्थापक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले सहभागीहरूलाई स्वागत गर्दै तालिमको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । सहकारीहरूले मालपोत कार्यालयसँग जोडिएर दिने भू सेवालाई प्रविधिमैत्री र पारदर्शी बनाउन  तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो । 

तालिमको मुख्य सहजीकरण नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्था तथा अभिलेख विभागका कम्प्युटर अधिकृत हरिशरण थापाले गर्नुभएको थियो । उहाँले भू सेवा केन्द्रको प्राविधिक पक्ष, जग्गा रोक्का तथा फुकुवा प्रक्रिया, अनलाइन प्रणालीको सुरक्षित प्रयोग र व्यवस्थापनका व्यावहारिक विधिहरूका बारेमा विस्तृत प्रशिक्षण दिनुभएको थियो ।

अनलाइन तालिमको सञ्चालन तथा व्यवस्थापन नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने तालिम व्यवस्थापनको जिम्मेवारी निश्चल खतिवडा र प्राविधिक व्यवस्थापनको जिम्मेवारी डम्बर गोपालीले निभाउनुभएको थियो ।

डिजिटल प्रविधिको प्रयोगमार्फत सदस्यहरूलाई छिटो–छरितो र भरपर्दो सेवा प्रवाह गर्न यो तालिम निकै उपयोगी रहेको सहभागीहरूले बताएका छन् । नेफ्स्कूनले आगामी दिनमा पनि आफ्ना सदस्य संस्थाहरूको प्राविधिक क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप