महिला हित साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला हित साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था लि., बागलुङ नगरपालिकामा नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत असार २७ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण तथा सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले नियमित रूपमा स्थलगत अनुगमन कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणसँग सम्बन्धित विभिन्न पक्षहरूको मूल्याङ्कन गरिएको थियो । बचत तथा ऋण व्यवस्थापन, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीतिको पालना, नियामकीय निकायबाट जारी निर्देशनहरूको कार्यान्वयन, भाखा नाघेको ऋण असुली, संस्थाको समग्र आर्थिक अवस्था तथा सदस्यलाई प्रदान गरिएका सेवा–सुविधालगायत विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले स्थलगत सुपरिवेक्षणका क्रममा दिएका सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै संस्थालाई थप सुधारउन्मुख बनाउने प्रतिबद्धता व्यक्त गरिएको संस्थाले जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप