सहकारी सुशासन सुदृढीकरणका लागि न्यु धौलागिरि साकोसको अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सुशासन सुदृढीकरणका लागि न्यु धौलागिरि साकोसको अनुगमन

बेनी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनी नगरपालिका–८, म्याग्दीमा स्थलगत सुपरिवेक्षण असार २६ गते सम्पन्न भएको छ ।

सहकारी संस्थामा पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको संरक्षण, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले नेफ्स्कूनले देशभर नियमित रूपमा स्थलगत अनुगमन तथा सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको बचत तथा ऋण व्यवस्थापन, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीतिको कार्यान्वयन, नियामकीय निकायबाट जारी निर्देशनहरूको पालना, भाखा नाघेको ऋण असुली, समग्र वित्तीय अवस्था तथा सदस्यलाई प्रदान गरिएका सेवा–सुविधालगायतका विषयमा समीक्षा गरिएको थियो ।

अनुगमनपछि नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले संस्थाको व्यवस्थापन, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव प्रदान गर्नुभएको थियो । संस्थाले सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै संस्थागत सुधार, सेवा गुणस्तर अभिवृद्धि र सुशासनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप