नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले राष्ट्रिय सहकारी बैंक लि.का नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई स्वागत तथा शुभकामना व्यक्त गरेको छ । 

सहकारी अभियानका दुई प्रमुख संस्थाबीचको अन्तरसहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा स्वागत गरिएको हो ।

असार २६ गते आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सम्पूर्ण नवनिर्वाचित पदाधिकारीलाई नेफ्स्कूनले सामूहिक रूपमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

राष्ट्रिय सहकारी बैंकको २०८३ जेठ ९ गते सम्पन्न निर्वाचनअन्तर्गत सातमध्ये छ प्रदेशबाट सञ्चालकहरू सर्वसम्मत निर्वाचित हुनुभएको थियो भने बागमती प्रदेशबाट निर्वाचन मार्फत परितोष पौड्याल सञ्चालकमा निर्वाचित हुनुभएको थियो ।  

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक सदस्य, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा संघका उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले नेपालको सहकारी अभियानका दुई महत्वपूर्ण संस्था नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूको सामूहिक रूपमा सामना गर्दै संस्थागत सहकार्यलाई अझ प्रभावकारी बनाउने आवश्यकता रहेको उहाँको भनाइ थियो । नवनिर्वाचित नेतृत्वसँगको यो भेटघाटले आगामी सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गर्नुभएको थियो । 

वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले नेफ्स्कून नेपालको बचत तथा ऋण सहकारी अभियानको सबैभन्दा पुरानो केन्द्रीय संघ भएको र अभियानको आवश्यकताअनुसार राष्ट्रिय सहकारी बैंकको स्थापना भएको स्मरण गराउँदै दुवै संस्था अन्तरसहकार्यको सिद्धान्तअनुसार एकअर्काका परिपूरकका रूपमा कार्य गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि हातेमालो गर्दै सहकारी अभियानलाई अझ सबल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नवनिर्वाचित नेतृत्वलाई स्वागत गर्ने परम्पराअनुसार कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्दै साकोस अभियानको विकास, क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकारी सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो ।  सहकारी संस्थाहरूलाई वित्तीय संकटबाट जोगाउन, संस्थागत सुदृढीकरण गर्न तथा नियामकीय अनुकूलनका लागि दुवै संस्थाबीच निरन्तर सहकार्य भइरहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले नेफ्स्कून परिवारबाट प्राप्त आत्मीय स्वागत, सम्मान र सद्भावप्रति राष्ट्रिय सहकारी बैंकको तर्फबाट आभार व्यक्त गर्नुभयो । बैंक स्थापना भएदेखि नै नेफ्स्कूनसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कानुनले निर्धारण गरेका आ–आफ्ना कार्यक्षेत्रभित्र रही अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षीय मन्तव्यमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकमा आबद्ध अधिकांश सदस्य संस्थाहरू साझा रहेको उल्लेख गर्दै सहकारी क्षेत्रको सुशासन, सदस्य शिक्षा, वित्तीय अनुशासन र संस्थागत उत्तरदायित्व प्रर्बधनमा दुवै संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूको समाधानका लागि संस्थागत क्षमता अभिवृद्धि, सुशासन र सदस्यकेन्द्रित व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले नेफ्स्कून तथा राष्ट्रिय सहकारी बैंकसँग आबद्ध अधिकांश सहकारी संस्थामा तुलनात्मक रूपमा समस्या कम देखिनुको कारण नियमित सुपरिवेक्षण, क्षमता विकास, संस्थागत अनुशासन तथा सहकार्यको अभ्यास रहेको उल्लेख गर्दै नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको सहकारी अभियानका दुई महत्वपूर्ण संस्थाबीचको दीर्घकालीन सहकार्य, साझा जिम्मेवारी र संस्थागत एकतालाई थप मजबुत बनाउने विश्वास  सहित कार्यक्रम सम्पन्न भएको थियो ।

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

Notice
Notice

१२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप