सामुहिक साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुहिक साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., बोलाछें–३, भक्तपुरको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र डि.एस.आई.के. जर्मनीको प्राविधिक सहयोगमा दुईदिने बचत खेल तालिम सम्पन्न भएको छ ।

श्रावण १७ र १८ गते सञ्चालन गरिएको तालिममा संस्थाका अध्यक्ष, सञ्चालक, कर्मचारी तथा सदस्यहरू गरी २१ जनाको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष राजभाई भेले स्वयं तालिममा सहभागी हुनुभएको थियो भने व्यवस्थापक रविन्द्र घिमिरेको पनि सहभागिता रहेको थियो ।

तालिममा खेलमा आधारित सिकाइ विधिमार्फत सहभागीहरूलाई पारिवारिक आय–व्यय व्यवस्थापन, बजेट निर्माण, आवश्यकता र चाहनाबीचको फरक, वित्तीय लक्ष्य निर्धारण, नियमित बचत, जिम्मेवार ऋण प्रयोग, ब्याज तथा मुद्रास्फीतिको प्रभाव, वित्तीय जोखिम व्यवस्थापन र सुरक्षित वित्तीय संस्थाको प्रयोगसम्बन्धी विषयमा व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो ।

तालिमका क्रममा सहभागीहरूले विभिन्न पारिवारिक तथा वित्तीय परिस्थितिमा समूहगत रूपमा निर्णय लिँदै ती निर्णयले परिवारको आय, खर्च, बचत तथा जीवनस्तरमा पार्ने प्रभावको विश्लेषण गरेका थिए । तीन चरणमा सञ्चालन गरिएको बचत खेलमार्फत सहभागीहरूले योजनाबद्ध बचत, सोचविचारपूर्वक खर्च, जिम्मेवार वित्तीय निर्णय तथा दीर्घकालीन वित्तीय सुरक्षाको महत्वबारे व्यावहारिक रूपमा सिक्ने अवसर प्राप्त गरेका थिए ।

तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृतहरू सुमनराज घिमिरे र शौभाग्य भट्टराईले गर्नुभएको थियो । तालिमपश्चात् सहभागीहरूले बचत खेल तालिमलाई रोचक, सहभागितामूलक तथा दैनिक जीवनमा प्रत्यक्ष रूपमा लागू गर्न सकिने उपयोगी सिकाइका रूपमा लिएका थिए । सहभागीहरूको भनाइअनुसार, खेलका माध्यमबाट आय–व्ययको योजना बनाउने, आवश्यक र अनावश्यक खर्च छुट्याउने, नियमित बचत गर्ने तथा आकस्मिक अवस्थाका लागि वित्तीय तयारी गर्ने विषयहरू सहज र प्रभावकारी रूपमा बुझ्न सहयोग पुगेको बताएका थिए । 

सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत तथा पारिवारिक वित्तीय व्यवस्थापनका साथै सहकारीका सदस्यहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्नसमेत प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप