बंगलामुखी साकोसद्वारा वित्तीय साक्षरताका लागि ‘बचत खेल तालिम’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलामुखी साकोसद्वारा वित्तीय साक्षरताका लागि ‘बचत खेल तालिम’ 

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग तथा डिएसआईके जर्मनीको आर्थिक सहयोगमा सदस्यहरूको वित्तीय साक्षरता अभिवृद्धिका लागि ‘बचत खेल तालिम’ सञ्चालन भएको छ ।

भक्तपुरको बालकोटस्थित बंगलामुखी साकोसको आफ्नै सभाकक्षमा श्रावण १४ र १५ गते दुई दिन सञ्चालित तालिममा संस्थाका २६ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

सिमुलेसन अर्थात् भूमिका निर्वाह तथा महसुसीकरणमा आधारित खेल विधिबाट सञ्चालन गरिएको तालिम मार्फत सहभागीहरूलाई बचत गर्ने तरिका, खर्च व्यवस्थापन, पारिवारिक बजेट निर्माण, लक्ष्य निर्धारण तथा लक्ष्य प्राप्तिका उपायहरूबारे ज्ञान र सीप प्रदान गरिएको थियो । साथै, वित्तीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याई जीवनको गुणस्तर सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सौभाग्य भट्टराई र सोविता मैनालीले सहजीकरण गर्नुभएको तालिमका क्रममा सहभागीहरूले परिवारभित्र हुने वित्तीय व्यवहारका विभिन्न पक्षहरू—लक्ष्य निर्धारण, बजेट निर्माण, बचत, खर्च व्यवस्थापन तथा प्राथमिकता निर्धारण—लाई खेल तथा अभ्यासका माध्यमबाट व्यवहारिक रूपमा सिकेका थिए ।

सहभागीहरूले तालिम प्रभावकारी, उपयोगी, ज्ञानवद्र्धक तथा व्यवहारमुखी रहेको प्रतिक्रिया दिँदै प्राप्त ज्ञान, सीप र अनुभवलाई दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिमको समापन सत्र तथा सहभागीहरूको सिकाइ समीक्षा कार्यक्रममा संस्थाका व्यवस्थापक जगतकृष्ण श्रेष्ठले वित्तीय साक्षरताका क्षेत्रमा खेलका माध्यमबाट सञ्चालन हुने यस्तो तालिम संस्थाका लागि नवीनतम अभ्यास रहेको र यसले प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गर्नुभएको थियो । 

संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठले संस्थाले विसं २०६४ सालदेखि बचत तथा ऋणसम्बन्धी कार्य गर्दै आएको उल्लेख गर्दै यस तालिमले परिवार तहमा वित्तीय व्यवहार सुधार, वित्तीय ज्ञान तथा सीपको विकास, आकस्मिक अवस्थाका लागि पूर्वतयारीस्वरूप बचत गर्ने बानी तथा योजनाबद्ध रूपमा बचत र खर्च गर्ने अभ्यास विकास गर्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको थियो । 

भर्खरै
लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

३ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप