आधुनिक कृषि प्रवर्द्धनका लागि ज्योति मिर्मिरे साकोसमा कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आधुनिक कृषि प्रवर्द्धनका लागि ज्योति मिर्मिरे साकोसमा कृषक व्यवसाय खेल तालिम सम्पन्न

पनौती, काभ्रे । नेफ्स्कूनको प्राविधिक सहयोग तथा ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती–काभ्रेको आयोजनामा साउन १५ देखि १७ गतेसम्म तीन दिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।

तालिमको उद्घघाटन सत्र संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सापकोटाले तालिमको ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घघाटन गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका सचिव, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, कर्मचारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । उद्घघाटन सत्रमा नेफ्स्कूनका अधिकृत तथा तालिम सहजकर्ता राधा कुमारी पोखरेलले तालिमको उद्देश्य तथा औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य सेवा विभागका प्रमुख पुरुषोत्तम दाहालले गर्नुभएको थियो ।

साकोसको तालिम हलमा सञ्चालन भएको उक्त तालिममा २८ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत कल्पना पराजुली र राधा कुमारी पोखरेलले गर्नुभएको थियो ।

तालिमको दोस्रो दिनमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको उपस्थिति रहेको थियो । कृषक व्यवसाय खेलको पृष्ठभूमि, अवधारणा तथा उद्देश्यबारे जानकारी गराउदै सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागु गर्ने र कृषिलाई आधुनिक तथा व्यावसायिक रूपमा विकास गर्न आग्रह गर्नुभएको थियो । 

तालिममा सहभागीहरूले अहिलेसम्मकै फरक, व्यवहारमुखी र प्रभावकारी तालिम रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सिकाइलाई आफ्नो दैनिक जीवन तथा कृषि व्यवसायमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको तेस्रो दिन अर्थात सम्पन्न समारोहमा नेफ्स्कूनका कोषाध्यक्ष दीपक थापाको प्रमुख आतित्थ्यता रहेको थियो । कोषाध्यक्ष दीपक थापाद्वारा संस्थाको नयाँ कार्यक्रम “सम्झना पत्र” समेत शुभारम्भ गरिएको थियो । आफ्ना सदस्यका गुनासो र सुझाव लिने एवं निस्क्रिय सदस्यलाई सक्रिय बनाउन पहल गर्ने उद्देश्यका साथ शुभारम्भ गरिएको सो सम्झना पत्रको ढाँचा संस्थाका अध्यक्ष उद्धव सापकोटाले बाचन गरेर सुनाउनुभएको थियो । 

समापन कार्यक्रमको सञ्चालन सदस्य सेवा विभागका प्रमुख पुरुषोत्तम दाहालले गर्नुभएको थियो । समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले सदस्यहरूलाई सीप विकासका अवसर प्रदान गर्ने, उक्त सीपलाई व्यवहारमा उतार्न आवश्यक सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा आवश्यक परे उत्पादन गरिएका वस्तु तथा सेवाको बजारीकरणमा समेत सहजीकरण गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो ।

तालिमको समापनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले ज्योति मिर्मिरे सामूहिक साकोसको नारा नै सिप, पूँजी र बजारीकरण भएको जानकारी गराउँदै पहिले सदस्यलाई सिप प्रदान गर्ने, सो सिप लागू गर्नको लागि ऋण पनि दिने र आवश्यक परेमा उत्पादन गरिएको वस्तु तथा सामानको बजारीकरणमा समेत संस्थाले सहजीकरण गर्ने बताउनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथी एवं नेफ्स्कूनका कोषाध्यक्ष दीपक थापाले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथीले कृषिक्षेत्रलाई व्यवसायिक बनाएर हाम्रा विदेशिएका पुस्तालाई नेपालमै फर्काउने गरी काम गर्नुपर्ने जसको लागि यो तालिम निकै फलदायी हुने बताउनुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप