उद्यमशीलता प्रर्बधनका लागि सगुन साकोस बर्दियाको आयोजनामा लघु व्यवसाय खेल तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशीलता प्रर्बधनका लागि सगुन साकोस बर्दियाको आयोजनामा लघु व्यवसाय खेल तालिम सम्पन्न 

बर्दिया  । सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग तथा डिएसआईके जर्मनीको आर्थिक सहयोगमा उद्यमशीलता प्रवद्र्धनका लागि सञ्चालन गरिएको तीनदिने माइक्रो बिजनेस गेम (Micro Business Game) तालिम सम्पन्न भएको छ ।

श्रावण १२ देखि १४ गतेसम्म बर्दियाको गोविन्दपुर स्थित गोविन्दपुर सामुदायिक होमस्टे सांस्कृतिक भवनमा आयोजित तालिममा संस्थाका २६ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो । तालिम मार्फत सहभागीहरूलाई व्यवसाय सञ्चालन, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन तथा उद्यमशीलता विकाससम्बन्धी ज्ञान र सीप खेल तथा व्यवहारिक अभ्यासमार्फत प्रदान गरिएको थियो ।

तालिममा नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमलराज अधिकारी तथा कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले वास्तविक व्यवसायिक परिस्थितिलाई खेल र अभ्याससँग जोड्दै सहभागीहरूलाई निर्णय क्षमता विकास, व्यवसाय व्यवस्थापन तथा उद्यम सञ्चालनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो । सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी, ज्ञानवद्र्धक तथा व्यवहारमुखी भएको प्रतिक्रिया दिँदै प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्ना व्यवसायमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिम समापन समारोह संस्थाका अध्यक्ष कालीचरण थारुको अध्यक्षतामा तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज दुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। समापन समारोहमा बोल्दै संस्थाका पदाधिकारीहरूले सदस्यहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवद्र्धनका लागि यस्ता क्षमता अभिवृद्धिमूलक तालिमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने बताएका थिए । 

प्रमुख अतिथि दुंगानाले माइक्रो बिजनेस गेम तालिम फरक र प्रभावकारी अभ्यासमा आधारित कार्यक्रम भएको उल्लेख गर्दै सहभागीहरूले यसबाट प्राप्त ज्ञान र सीपलाई आफ्ना व्यवसायमा प्रभावकारी रूपमा प्रयोग गरी बर्दिया जिल्लाका अन्य उद्यमीका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिनुभयो । साथै, नेफ्स्कूनले डिएसआईके जर्मनीको सहयोगमा जिल्लामै पहिलो पटक सञ्चालन गरेको यस्तो तालिम अन्य सहकारी संस्थाका सदस्यहरूले पनि अवसरका रूपमा उपयोग गर्नुपर्ने र यसबाट सिकेका सीपलाई व्यवसाय प्रवद्र्धनमा रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा संस्थाका अध्यक्ष कालीचरण थारुले तालिम  सम्पन्न गर्न सहयोग पु¥याउने नेफ्स्कून, डिएसआईके जर्मनी, सहजकर्ताहरू, सहभागी सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप