बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी । नवलपरासी क्षेत्रका सहकारी सङ्घहरूबीच बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहकारी सङ्घहरूबीच बित्तीय कारोबारलाई थप व्यवस्थित, प्रभावकारी तथा सहकारीमैत्री बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता नेफस्कूनका उपाध्यक्ष तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका संयोजक शान्ति अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा सङ्घका सञ्चालक सदस्य तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका सदस्य खेमराज सुवेदीले प्रस्तावित बचत तथा ऋण सहकारी बैंकको अवधारणा, आवश्यकता तथा भावी कार्यदिशाबारे जानकारी गराउनुभयो। उहाँले नेफस्कूनले गठन गरेको कार्यदलले देशभरका सदस्य संस्था तथा सहकारी अभियानका अगुवा व्यक्तित्वसँग निरन्तर छलफल गर्दै साझा धारणा निर्माण तथा स्पष्ट कार्ययोजना तयार पार्ने कार्यलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेफस्कूनका सञ्चालक सदस्य तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका सदस्य नवराज अर्याल, नेफस्कून रूपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक तथा सञ्चालक गोपालप्रसाद गौतमलगायत विभिन्न सहकारी सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन नेफस्कून रूपन्देही सदस्य सेवा कार्यालयकी प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष राजनकुमार आचार्यले गर्नुभएको थियो ।

सहभागीहरूले सहकारी क्षेत्रको बित्तीय कारोबारलाई थप सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन आपसी समन्वय, सहकार्य र साझा अवधारणाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप