बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी । नवलपरासी क्षेत्रका सहकारी सङ्घहरूबीच बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहकारी सङ्घहरूबीच बित्तीय कारोबारलाई थप व्यवस्थित, प्रभावकारी तथा सहकारीमैत्री बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता नेफस्कूनका उपाध्यक्ष तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका संयोजक शान्ति अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा सङ्घका सञ्चालक सदस्य तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका सदस्य खेमराज सुवेदीले प्रस्तावित बचत तथा ऋण सहकारी बैंकको अवधारणा, आवश्यकता तथा भावी कार्यदिशाबारे जानकारी गराउनुभयो। उहाँले नेफस्कूनले गठन गरेको कार्यदलले देशभरका सदस्य संस्था तथा सहकारी अभियानका अगुवा व्यक्तित्वसँग निरन्तर छलफल गर्दै साझा धारणा निर्माण तथा स्पष्ट कार्ययोजना तयार पार्ने कार्यलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेफस्कूनका सञ्चालक सदस्य तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका सदस्य नवराज अर्याल, नेफस्कून रूपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक तथा सञ्चालक गोपालप्रसाद गौतमलगायत विभिन्न सहकारी सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन नेफस्कून रूपन्देही सदस्य सेवा कार्यालयकी प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष राजनकुमार आचार्यले गर्नुभएको थियो ।

सहभागीहरूले सहकारी क्षेत्रको बित्तीय कारोबारलाई थप सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन आपसी समन्वय, सहकार्य र साझा अवधारणाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप