लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 

रुपन्देही । लुम्बिनी प्रदेश तथा जिल्ला स्तरका सहकारी संघहरूबीच वित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहकारी संघहरूको वित्तीय कारोबारलाई व्यवस्थित, प्रभावकारी र सहकारीमैत्री बनाउने विषयमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका उपाध्यक्ष तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका संयोजक शान्ति अधिकारीले गर्नुभएको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान अध्यक्ष डा. खगराज शर्मा तथा राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा संघका सञ्चालक सदस्य तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका सदस्य नवराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै प्रस्तावित बचत तथा ऋण सहकारी बैंकको अवधारणाबारे जानकारी गराउनुभयो । नेफ्स्कूनले गठन गरेको कार्यदलले देशभरका सदस्य संस्था तथा सहकारी अभियानका अगुवासँग निरन्तर छलफल गरी साझा धारणा र स्पष्ट कार्यढाँचा निर्माण गर्ने प्रक्रिया अघि बढाइरहेको बताउनुभयो । साथै, कार्यक्रम बैंक स्थापनामा मात्र केन्द्रित नभई सहकारी संघहरूले लामो समयदेखि गर्दै आएको वित्तीय कारोबार व्यवस्थापनका विषयमा समेत केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा सहभागीहरूले सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनका लागि बैंक स्थापना मात्र पर्याप्त नहुने धारणा राख्दै, वर्तमान बैंकिङ प्रणालीभन्दा फरक ढंगले पूर्ण वित्तीय सेवा उपलब्ध गराउने सहकारीमैत्री बैंकको आवश्यकता औंल्याए ।

राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचनले सहकारी संघहरूको योगदान र उपलब्धिबारे चर्चा गर्दै सदस्य संस्थाप्रति अभिभावकीय भूमिका अझ प्रभावकारी बनाउनुपर्ने र सम्पूर्ण वित्तीय कारोबार क्रमशः बैंकिङ प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

विशिष्ट अतिथि डा. खगराज शर्माले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदण्ड, निर्देशन तथा वित्तीय व्यवस्थापनसम्बन्धी व्यवस्थाबारे जानकारी गराउँदै सहकारी क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने पूर्ण वित्तीय सुविधासम्पन्न बैंक स्थापनाको अवधारणाले सहकारी अभियानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको थियो । 

कार्यक्रमका अध्यक्ष शान्ति अधिकारीले सहकारी संघहरूको साझा धारणा निर्माणका लागि देशका विभिन्न स्थानमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै प्राप्त सुझावका आधारमा आगामी कार्ययोजना तय गरिने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश, जिल्ला सहकारी संघ रुपन्देही, बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देही तथा विभिन्न प्राथमिक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेफ्स्कुनका तर्फबाट रुपन्देही सदस्य कार्यालयका व्यवस्थापन उपसमितिका संयोजक तथा सञ्चालक गोपालप्रसाद गौतमसहित अन्य पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका वरिष्ठ सहायक नेत्रप्रसाद सापकोटाले गर्नुभएको थियो भने सञ्चालन सदस्य कार्यालयकी इन्चार्ज कल्पना भण्डारीले गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप