लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 

रुपन्देही । लुम्बिनी प्रदेश तथा जिल्ला स्तरका सहकारी संघहरूबीच वित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहकारी संघहरूको वित्तीय कारोबारलाई व्यवस्थित, प्रभावकारी र सहकारीमैत्री बनाउने विषयमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका उपाध्यक्ष तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका संयोजक शान्ति अधिकारीले गर्नुभएको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान अध्यक्ष डा. खगराज शर्मा तथा राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा संघका सञ्चालक सदस्य तथा प्रस्तावित बचत तथा ऋण सहकारी बैंकका सदस्य नवराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै प्रस्तावित बचत तथा ऋण सहकारी बैंकको अवधारणाबारे जानकारी गराउनुभयो । नेफ्स्कूनले गठन गरेको कार्यदलले देशभरका सदस्य संस्था तथा सहकारी अभियानका अगुवासँग निरन्तर छलफल गरी साझा धारणा र स्पष्ट कार्यढाँचा निर्माण गर्ने प्रक्रिया अघि बढाइरहेको बताउनुभयो । साथै, कार्यक्रम बैंक स्थापनामा मात्र केन्द्रित नभई सहकारी संघहरूले लामो समयदेखि गर्दै आएको वित्तीय कारोबार व्यवस्थापनका विषयमा समेत केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा सहभागीहरूले सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनका लागि बैंक स्थापना मात्र पर्याप्त नहुने धारणा राख्दै, वर्तमान बैंकिङ प्रणालीभन्दा फरक ढंगले पूर्ण वित्तीय सेवा उपलब्ध गराउने सहकारीमैत्री बैंकको आवश्यकता औंल्याए ।

राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचनले सहकारी संघहरूको योगदान र उपलब्धिबारे चर्चा गर्दै सदस्य संस्थाप्रति अभिभावकीय भूमिका अझ प्रभावकारी बनाउनुपर्ने र सम्पूर्ण वित्तीय कारोबार क्रमशः बैंकिङ प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

विशिष्ट अतिथि डा. खगराज शर्माले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदण्ड, निर्देशन तथा वित्तीय व्यवस्थापनसम्बन्धी व्यवस्थाबारे जानकारी गराउँदै सहकारी क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने पूर्ण वित्तीय सुविधासम्पन्न बैंक स्थापनाको अवधारणाले सहकारी अभियानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको थियो । 

कार्यक्रमका अध्यक्ष शान्ति अधिकारीले सहकारी संघहरूको साझा धारणा निर्माणका लागि देशका विभिन्न स्थानमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै प्राप्त सुझावका आधारमा आगामी कार्ययोजना तय गरिने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश, जिल्ला सहकारी संघ रुपन्देही, बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देही तथा विभिन्न प्राथमिक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेफ्स्कुनका तर्फबाट रुपन्देही सदस्य कार्यालयका व्यवस्थापन उपसमितिका संयोजक तथा सञ्चालक गोपालप्रसाद गौतमसहित अन्य पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका वरिष्ठ सहायक नेत्रप्रसाद सापकोटाले गर्नुभएको थियो भने सञ्चालन सदस्य कार्यालयकी इन्चार्ज कल्पना भण्डारीले गर्नुभएको थियो ।

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप