दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

दोलखा । स्थानीय स्रोत, सीप र सम्भावनालाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यसहित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड,जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । 

कार्यक्रममा नेफ्स्कूनका सहजकर्ता रवीन्द्र श्रेष्ठ र राजन सुवेदीले उद्यम–उद्यमी म्याट्रिक्सको अवधारणा, स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग, सम्भाव्य व्यवसायको पहिचान, उद्यमी छनोटका आधार तथा व्यवसायको ¥याङ्किङ प्रक्रियाबारे व्यावहारिक सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणका क्रममा सहभागीहरूले आफ्नो कार्यक्षेत्रभित्र रहेका स्थानीय बजार, उपलब्ध स्रोत–साधन, सदस्यहरूको सीप, अनुभव र रुचीलाई विश्लेषण गर्दै उच्च सम्भावना भएका विभिन्न उद्यमहरूको पहिचान गरेका थिए । साथ,ती उद्यम सञ्चालन गर्न इच्छुक तथा सक्षम सदस्यहरूको समेत छनोट गरी भविष्यमा उद्यम विकास कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण आधार तयार गरिएको छ ।

कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा संस्थाको कार्यक्षेत्रमा सञ्चालन गर्न सकिने सम्भाव्य उद्यमहरूको सूची तयार हुनु, ती उद्यमलाई मापदण्डका आधारमा प्राथमिकताक्रम (¥याङ्किङ) निर्धारण गर्नु तथा सम्भावित उद्यमीहरूको पहिचान सम्पन्न हुनु रहेको आयोजकले जनाएको छ ।

यस प्रक्रियाले सदस्यकेन्द्रित उद्यम विकास, रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन वित्तीय र प्राविधिक सहयोगलाई थप प्रभावकारी रूपमा परिचालन गर्न मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

तिनवटै साकोसका सञ्चालक, कर्मचारी तथा उद्यमी सदस्यहरु सहित ७८ जनाको सहभागितामा सञ्चालित कार्यक्रममा सहभागीहरूले स्थानीय स्रोत, माग, अवसर र बजारको अध्ययन गरी स्थानीय स्तरमा सञ्चालन गर्न सकिने लघु उद्यम व्यवसाय पहिचान गरी आवश्यक सिप सिकि व्यवसाय दिगो रुपमा सञ्चालन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।  सहकारी संस्थाले आफ्ना सदस्यहरुलार्य यस्ता कार्यक्रम मार्फत उद्यमहरुको पहिचान गरी सदस्यहरुलाई उद्यमशिलता विकास, शिप विकास साथै सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी स्थानीय स्तरमा व्यवसाय स्थापना गर्न सकेमा सहकारीमा रहेको तरलता व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप