उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

मोरङ । संसेवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग तथा डिएसआईके जर्मनीको आर्थिक सहयोगमा उद्यमशीलता प्रर्बधनका लागि तीनदिने लघु व्यवसायिक खेल तालिम (Micro Business Game Training) सञ्चालन गरेको छ ।  

श्रावण १२ देखि १४ गतेसम्म लेटाङ स्थित कृषि विकास बैंकको सभाहलमा सञ्चालन गरिएको तालिममा संस्थाका २६ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो । तालिमले सहभागीहरूलाई व्यवसाय सञ्चालन, व्यवसाय योजना निर्माण, वित्तीय तथा बजार व्यवस्थापन, साथै उद्यमशीलता विकाससम्बन्धी ज्ञान र सीप व्यवहारिक अभ्यास खेलमार्फत  प्रदान गरेको थियो । 

तालिम कार्यक्रमको उद्घघाटन संस्थाका अध्यक्ष सौराज राईले गर्नुभएको थियो भने समापन समारोहको अध्यक्षता संस्थाकी सचिव रत्नकुमारी राईले गर्नुभएको थियो ।

तालिममा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने तथा कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको थियो । वास्तविक व्यवसायिक परिस्थितिलाई खेल र अभ्याससँग जोडेर सहभागीहरूलाई निर्णय क्षमता, व्यवसाय व्यवस्थापन र उद्यम सञ्चालनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागी सदस्यहरूले सिकाइलाई अत्यन्त उपयोगी, ज्ञानवद्र्धक र व्यवहारमुखी भएको प्रतिक्रिया दिँदै प्राप्त ज्ञान तथा सीपलाई आफ्ना व्यवसायमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समापन समारोहमा बोल्दै संस्थाका पदाधिकारीहरूले सदस्यहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवद्र्धनका लागि यस्ता क्षमता अभिवृद्धिमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएका छन् ।

साकोसका अध्यक्षले तालिम सफल बनाउन सहयोग पु¥याउने नेफ्स्कून, डिएसआईके जर्मनी, सहजकर्ताहरू, सहभागी सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएकोे थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप