सहकारीको डिजिटल रूपान्तरणमा AI को नयाँ आयाम : नेफ्स्कूनद्वारा AI in Cooperative अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको डिजिटल रूपान्तरणमा AI को नयाँ आयाम : नेफ्स्कूनद्वारा AI in Cooperative अभिमुखीकरण सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सहकारीमा कृत्रिम बुद्धिमता (Artificial Intlleigence)  सम्बन्धी भर्चुअल अनलाइन तालिम सम्पन्न गरेको छ । 

बुधबार सञ्चालन गरिएको यो तालिम नेफ्स्कूनले एआई प्रविधिसँग सम्बन्धित पहिलो तालिम कार्यक्रम हो । कार्यक्रमले सहकारी क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको सम्भावना, प्रयोग र जिम्मेवार अभ्यासबारे सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरेको छ । कार्यक्रममा AI को प्रयोगले पत्राचार, प्रतिवेदन तथा कार्ययोजना तयार गर्ने, बैठकका निर्णयहरूको सारांश बनाउने, नीति तथा कार्यविधिको मस्यौदा तयार गर्न सहयोग गर्ने, ग्राहक सेवामा सुधार ल्याउने, सामग्री अनुवाद गर्ने, सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने तथा डेटा विश्लेषणमा सहयोग पु¥याउने जस्ता कार्यलाई अझ छिटो, सहज र प्रभावकारी बनाउन सक्ने विषयमा व्यावहारिक उदाहरण प्रस्तुत गरिएको थियो ।

विश्वभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई नेपालको सहकारी क्षेत्रमा कसरी जोड्न सकिन्छ र यसबाट सहकारी संस्थाहरूले कसरी अधिकतम लाभ लिन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर उक्त तालिम सञ्चालन गरिएको थियो । कार्यक्रममा देशभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारी गरी ६० जनाभन्दा बढी प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले तालिमको औचित्यमाथि प्रकाश पार्नुका साथै संघका आगामी कृत्रिम बुद्धिमताका थप योजनाहरूबारे जानकारी दिनुभएको थियो । उहाँले वर्तमान समयमा छिटो छरितो सेवा दिनुपर्ने  बताउनुभयो । उहाँले अनलाइन तालिम एउटा सुरुआत मात्र भएको उल्लेख गर्दै आगामी दिनमा सहभागीहरूलाई थप व्यावहारिक ज्ञान प्रदान गर्न आवासीय (Residential) तालिम कार्यक्रम आयोजना गरिने योजना रहेको जानकारी दिनुभयो ।

एआईको फाइदा, बेफाइदा र व्यावहारिक अभ्यास (Demo) साथ भएको सो तालिमको मुख्य सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कृपेश लामिछानेले गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रमा कृत्रिम बुद्धिमताका विविध आयाम, यसका फाइदा तथा सम्भावित बेफाइदाहरूबारे विस्तृत प्रस्तुति दिनुभएको थियो ।

सहजीकरणका क्रममा वरिष्ठ अधिकृत लामिछानेले एआई प्रविधिको प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू प्रस्तुत गर्नुभएको थियाो । दैनिक कार्यमा सहजता प्रतिवेदन तयारी, पत्राचार, र दस्ताबेजीकरणमा एआईको प्रयोग साथै सदस्य सेवा र सञ्चार च्याटबोट तथा स्वचालित सन्देशमार्फत सदस्यहरूलाई छिटो छरितो  सेवा प्रदान गर्ने तरिकाको जानकारी दिनुभएको थियो । वित्तीय विश्लेषण र निर्णय प्रक्रिया तथा कर्जा जोखिमको मूल्याङ्कन र डाटा विश्लेषणमा एआई टुलको प्रयोग बारे प्रयोगात्मक डेमो मार्फत प्रस्तुतीकरण दिनुभएको थियो । सुरक्षा र चुनौती, डाटा गोपनीयता (Data Privacy), साइबर सुरक्षा र गलत सूचनाको जोखिमबारे सचेत हुनुपर्ने आवश्यकता आदीबारे प्रष्ट पार्नुभएको थिायो । ब्यक्तिगत डाटाको सुरक्षा तथा बिभिन्न च्याट बड तथा यसको सुरक्षित प्रयोगका बारेमा प्रष्ट पार्नुभएको थियो । 

यसैगरी, उहाँले सहभागीहरूलाई विभिन्न एआई टुलहरू कसरी प्रयोग गर्ने भन्नेबारे प्रत्यक्ष -Demo) प्रस्तुतिमार्फत व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो । एआईले कसरी जटिल कामहरूलाई केही सेकेन्डमै  तथा केही मिनेटमै सम्पादन गर्न सक्छ भन्ने प्रत्यक्ष उदाहरण दिनुभएको थियो र सहभागिहरु पनि उत्साहका साथ सहभागी भई भविष्यमा पनि यस्ता थप कार्यक्रमको अपेक्षा राखेका छन । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

७ दिन अगाडि

पाठकबाट थप