बिन्धवासिनी साकोसमा कृषक सदस्यका लागि कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिन्धवासिनी साकोसमा कृषक सदस्यका लागि कृषक व्यवसाय खेल तालिम सम्पन्न

बनेपा, काभ्रे । कृषक सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. मा तीनदिने कृषक व्यवसाय खेल (Farmer Business Game)  तालिम सम्पन्न भएको छ । German Sparkassenstiftung for International Cooperation (DSIK)  को सहकार्य, नेफ्स्कूनको प्राविधिक सहजीकरण र संस्थाको आयोजनामा श्रावण १९ देखि २१ गतेसम्म सञ्चालित उक्त तालिममा संस्थाका २५ जना कृषक शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

सिमुलेसन (Simulation) खेल विधिमा आधारित यस तालिमले सहभागीहरूलाई वास्तविक व्यवसाय सञ्चालनका क्रममा आइपर्ने चुनौतीहरूको अनुभव गराउँदै योजना निर्माण, उत्पादन व्यवस्थापन, वित्तीय निर्णय, लागत तथा नाफा विश्लेषण, बजार व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय विस्तारका रणनीतिबारे व्यवहारिक अभ्यास गराएको थियो ।

संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठ को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि.लामा स्याङ्तान, डिएसआईके (DSIK) नेपालका प्रतिनिधि सञ्जय झा, संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे, नेफ्स्कूनका कार्यक्रम अधिकृत तथा तालिम सहजकर्ता राधा पौडेल, व्यवसाय अधिकृत खिलानाथ लुईंटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शान्त कुमार श्रेष्ठ ले सहकारीले सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउनुका साथै उनीहरूको उद्यमशीलता र व्यवसायिक क्षमता विकासमा समेत प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कृषक सदस्यहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्ना कृषि उद्यममा व्यवहारिक रूपमा प्रयोग गरी उत्पादन, उत्पादकत्व र आम्दानी वृद्धि गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत के.बी. लामा ले सहकारी संस्थाको दीर्घकालीन सफलताको आधार सदस्यहरूको आर्थिक सशक्तीकरण रहेको उल्लेख गर्दै आफ्नो व्यवसाय सुधारका लागि यस प्रकारका प्रयोगात्मक तालिम सहयोगी हुने बताउनुभयो । तालिमले सदस्यहरुको आफ्नो व्यवसाय साथै कृषि कर्ममा दक्षता अभिबृद्धि गर्न, जोखिम न्यूनिकरण गर्न सहयोग पुग्नुको साथसाथै दिगो र सुरक्षित व्यवसाय तथा कृषि खेती प्रणालीमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

डिएसआईके (DSIK) नेपालका प्रतिनिधि सञ्जय झा ले सिमुलेसनमा आधारित व्यवसाय खेलले सहभागीहरूलाई कृषि खेती प्रणालीको व्यवस्थित सुधार र व्यावसायिकता बृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि उद्यमलाई बजारमुखी, प्रतिस्पर्धी र दिगो बनाउन यस्ता तालिमले व्यवहारिक सिकाई प्रदान गर्ने बताउनुभयो ।

तालिमको समापन संस्थाका उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक रामहरि शर्मा तिमिल्सिनाको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यमा भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले तालिमले सहभागीहरूको सोच, योजना निर्माण तथा व्यवसाय सञ्चालन क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै कृषिलाई थप व्यवसायिक, प्रतिस्पर्धी र दिगो बनाउन सहभागीहरू सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो। साथै, तालिमको वास्तविक सफलता सहभागीहरूले सिकाइलाई आफ्नो व्यवसायमा प्रभावकारी रूपमा प्रयोग गर्न सकेमा मात्र सुनिश्चित हुने उल्लेख गर्नुभयो ।

शिक्षा उपसमिति संयोजक तिमिल्सिनाले व्यावसायिक सोच र सकारात्मक मनोवृत्तिका साथ तालिममा सहभागी हुँदा मात्र सिकाइको वास्तविक उपलब्धि हासिल हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी व्यवसाय सुधार, उत्पादन वृद्धि तथा आम्दानी अभिवृद्धिका लागि निरन्तर प्रयास गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। समापन सत्रको सञ्चालन संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतले गर्नुभएको थियो ।

तालिममा सहभागीहरूले प्रयोगात्मक सिकाइ (Experiential Learning) र सिमुलेसन खेल विधिमार्फत व्यवसाय सञ्चालनका वास्तविक अवस्था अनुभव गर्न पाएको बताउँदै तालिम अत्यन्त व्यवहारिक, प्रभावकारी र जीवनोपयोगी रहेको प्रतिक्रिया दिएका थिए । सहभागीहरूले तालिमबाट सिकेका ज्ञान र सीपलाई आफ्नो व्यवसायमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

तालिम अवधिभर सहभागीहरूको सक्रिय, उत्साहपूर्ण र सिर्जनात्मक सहभागिता रहेको थियो। समापन समारोहमा सहभागी रञ्जना राय श्रेष्ठले कविता वाचनमार्फत तीन दिनको सम्पूर्ण सिकाइ, अनुभव र अनुभूतिलाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रमको अन्त्यमा शिक्षा उपसमिति संयोजक रामहरि शर्मा तिमिल्सिना तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापनका अवसरमा संस्थाका सचिव डोरेन्द्र राज सापकोटा, कोषाध्यक्ष भिम बहादुर खत्री, सञ्चालक केशव थापा, प्रमुख कार्यकारी अधिकृत के.बि. लामा लगायतको उपस्थिति रहेको थियो । 

तालिम आयोजक संस्थाले कृषक व्यवसाय खेल तालिममा सहभागी कृषकहरूमा उद्यमशील सोचको विकास, व्यवसाय व्यवस्थापन क्षमता अभिवृद्धि तथा व्यावसायिक निर्णय क्षमतामा सकारात्मक प्रभावको अपेक्षा रहेको जनाएको थियो ।   

भर्खरै
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२ दिन अगाडि

अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

३ दिन अगाडि

रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग
रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग

४ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

५ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

१२ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

११ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप