हिमचुली साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमचुली साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

गोरखा । गोरखाको नयाँबजार नगरपालिका–७ स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को प्राविधिक सहयोगमा साउन १९ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।

तालिमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का तथा पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सहदेव प्रसाद श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुशील अर्यालले गर्नुभएको थियो ।

तालिममा संस्थाका २६ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो । संस्थाको तर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, सञ्चालक सदस्य तथा व्यवस्थापकको समेत उपस्थिति रहेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा कृषि व्यवसायलाई अझ व्यवस्थित, व्यवसायमुखी र दिगो बनाउने विषयमा ज्ञान तथा सीप हासिल गरेको साथै तालिमबाट सिकेका ज्ञान, सीप र अभ्यासलाई आफ्नै कृषि व्यवसायमा प्रयोग गर्ने, आय–व्यय तथा हिसाब–किताबलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने तथा कृषि व्यवसायलाई योजनाबद्ध ढंगले सञ्चालन गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठले यस्ता तालिमहरूले सदस्यहरूलाई उत्पादनमुखी कृषि व्यवसायतर्फ प्रेरित गर्नुका साथै आधुनिक व्यवस्थापन प्रणाली अपनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

संस्थाले कृषि क्षेत्रमा प्रवाह गर्ने ऋणमा अन्य प्रकृतिका ऋणको तुलनामा २ प्रतिशत कम ब्याजदर कायम गरेको जानकारी दिँदै आवश्यकताअनुसार सदस्यहरूले संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण उपयोग गर्न सक्ने बताउनुभयो । उहाँले सहकारी सदस्यहरूलाई सहकारिताको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सहकारीको मर्मअनुसार कार्य गर्न तथा संस्थामार्फत उपलब्ध अवसरहरूको सदुपयोग गरी उत्पादन र आयआर्जन वृद्धि गर्न आग्रह गर्नुभयो ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४१ मिनेट अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२० दिन अगाडि

लोकप्रिय
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४१ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३१ दिन अगाडि

पाठकबाट थप