हिमचुली साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमचुली साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

गोरखा । गोरखाको नयाँबजार नगरपालिका–७ स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को प्राविधिक सहयोगमा साउन १९ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।

तालिमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का तथा पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सहदेव प्रसाद श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुशील अर्यालले गर्नुभएको थियो ।

तालिममा संस्थाका २६ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो । संस्थाको तर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, सञ्चालक सदस्य तथा व्यवस्थापकको समेत उपस्थिति रहेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा कृषि व्यवसायलाई अझ व्यवस्थित, व्यवसायमुखी र दिगो बनाउने विषयमा ज्ञान तथा सीप हासिल गरेको साथै तालिमबाट सिकेका ज्ञान, सीप र अभ्यासलाई आफ्नै कृषि व्यवसायमा प्रयोग गर्ने, आय–व्यय तथा हिसाब–किताबलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने तथा कृषि व्यवसायलाई योजनाबद्ध ढंगले सञ्चालन गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठले यस्ता तालिमहरूले सदस्यहरूलाई उत्पादनमुखी कृषि व्यवसायतर्फ प्रेरित गर्नुका साथै आधुनिक व्यवस्थापन प्रणाली अपनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

संस्थाले कृषि क्षेत्रमा प्रवाह गर्ने ऋणमा अन्य प्रकृतिका ऋणको तुलनामा २ प्रतिशत कम ब्याजदर कायम गरेको जानकारी दिँदै आवश्यकताअनुसार सदस्यहरूले संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण उपयोग गर्न सक्ने बताउनुभयो । उहाँले सहकारी सदस्यहरूलाई सहकारिताको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सहकारीको मर्मअनुसार कार्य गर्न तथा संस्थामार्फत उपलब्ध अवसरहरूको सदुपयोग गरी उत्पादन र आयआर्जन वृद्धि गर्न आग्रह गर्नुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप