काठमाडौं । आरुघाट नगरपालिका–१०, मंगलटार स्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा सञ्चालित स्क्यान (SCAN) कार्यक्रममा आबद्ध भएको छ ।
साकोसमा आयोजित एक कार्यक्रमबीच स्क्यान कार्यक्रममा सहभागितासम्बन्धी सम्झौता श्रावण २३ गते सम्पन्न भएको हो । सम्झौतामा सप्तकोशी साकोसका तर्फबाट संस्थाका अध्यक्ष मेनबहादुर अधिकारी तथा नेफ्स्कूनका तर्फबाट अधिकृत सन्दीप राज ढकाल र यमकला सुवेदीको सहभागितामा सम्झौता सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मेनबहादुर अधिकारी, व्यवस्थापक बासुदेव लामिछाने लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
स्क्यान कार्यक्रममा आबद्ध भएसँगै संस्थाको संस्थागत क्षमता अभिवृद्धि, सुशासन, वित्तीय व्यवस्थापन तथा समग्र कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१६ दिन अगाडि
२२ दिन अगाडि
४१ दिन अगाडि
३० दिन अगाडि
३९ दिन अगाडि
३१ दिन अगाडि
४६ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि