छिन्नमस्ता महिला साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छिन्नमस्ता महिला साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

भक्तपुर । छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चाँगुनारायण नगरपालिका वडा नं ४ छाप , भक्तपुर र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा साउन २२ गते औपचारिक रूपमा आबद्ध भएको छ ।

नेफ्स्कूनले यसअघि एक्सेस, प्रोबेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम (कब्र्स) सञ्चालन गर्दै आएकोमा संघको ३८औँ स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको शुभारम्भ गरेको हो । सहकारी ऐन, २०७४ को दफा २५ तथा दफा ९९ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौताअनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउनेछन् ।

सहकारी संस्थालाई थप व्यवस्थित, उत्तरदायी र सुदृढ बनाउने उद्देश्यले नियामक निकायहरूले जारी गरेका निर्देशिकाअनुसार साकोसहरूले पालना गर्नुपर्ने नीति तथा मापदण्डहरूको अवस्थाको विश्लेषण गर्न नेफ्स्कूनले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण प्रणालीको परीक्षण स्क्यानका सूचकहरूको आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूमा वित्तीय सुशासन प्रवद्र्धन, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रतिवेदन तोकिएबमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा संस्थागत क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा–३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र संस्थालाई दिगो एवं स्वस्थ बनाउने उद्देश्यका साथ कार्यक्रम लागू गरिएको हो ।

स्क्यान कार्यक्रममा आबद्धतासम्बन्धी सम्झौतापत्रमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा संस्थाका व्यवस्थापक सुशीला कुमारी तामाङ तथा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमन राज घिमिरेको रोहवरमा स्क्यान कार्यक्रमको औपचारिक सम्झौता सम्पन्न भएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप