ऊर्जाशील शिल्प तथा व्यावसायिकता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऊर्जाशील शिल्प तथा व्यावसायिकता विकास तालिम सम्पन्न

काठमाडौं । बनेपा ०६, काभ्रे स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साकोसमा कार्यरत कर्मचारीहरूको सीप, कार्यदक्षता तथा व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले ‘ऊर्जाशील शिल्प तथा व्यावसायिकता विकास तालिम’ (Fueling Skills and Professional Growth) सम्पन्न गरेको छ ।

शनिबार आयोजित उक्त तालिमको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । तालिममा वाग्लेले ट्रान्जेक्सनल एनालाइसिससम्बन्धी मनोवैज्ञानिक सिद्धान्त, जीवन मार्गचित्र विश्लेषण, सीपका प्रकार, कार्यदक्षता तथा व्यावसायिकता, जानकारीको क्षेत्र र त्यसको प्रभाव लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

सहभागीहरूलाई विषयगत ज्ञान प्रदान गर्नुका साथै सामूहिक अभ्यास तथा अन्तरक्रियात्मक गतिविधि मार्फत व्यावहारिक रूपमा प्रशिक्षण दिइएको थियो । तालिममा संस्थामा कार्यरत ४१ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कैलाश के.सी.ले कर्मचारीहरूको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कर्मचारीहरूको क्षमता विकासमार्फत संस्थाको कार्यसम्पादन, सेवा प्रवाह तथा व्यावसायिक दक्षतालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

पाठकबाट थप