ऊर्जाशील शिल्प तथा व्यावसायिकता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऊर्जाशील शिल्प तथा व्यावसायिकता विकास तालिम सम्पन्न

काठमाडौं । बनेपा ०६, काभ्रे स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साकोसमा कार्यरत कर्मचारीहरूको सीप, कार्यदक्षता तथा व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले ‘ऊर्जाशील शिल्प तथा व्यावसायिकता विकास तालिम’ (Fueling Skills and Professional Growth) सम्पन्न गरेको छ ।

शनिबार आयोजित उक्त तालिमको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । तालिममा वाग्लेले ट्रान्जेक्सनल एनालाइसिससम्बन्धी मनोवैज्ञानिक सिद्धान्त, जीवन मार्गचित्र विश्लेषण, सीपका प्रकार, कार्यदक्षता तथा व्यावसायिकता, जानकारीको क्षेत्र र त्यसको प्रभाव लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

सहभागीहरूलाई विषयगत ज्ञान प्रदान गर्नुका साथै सामूहिक अभ्यास तथा अन्तरक्रियात्मक गतिविधि मार्फत व्यावहारिक रूपमा प्रशिक्षण दिइएको थियो । तालिममा संस्थामा कार्यरत ४१ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कैलाश के.सी.ले कर्मचारीहरूको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कर्मचारीहरूको क्षमता विकासमार्फत संस्थाको कार्यसम्पादन, सेवा प्रवाह तथा व्यावसायिक दक्षतालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप