चिनारी साकोसद्वारा कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चिनारी साकोसद्वारा कृषक व्यवसाय खेल तालिम सम्पन्न

काठमाडौं । गोकर्णेश्वर काठमाण्डौं स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) को प्राविधिक सहजीकरण र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोगमा कृषक व्यवसाय खेल तालिम श्रावण २४ गते सम्पन्न भएको छ । 

२५ जना कृषकहरुका लागि श्रावण २२ गतेबाट सञ्चालन भएको तालिम एक विशेष समारोहका बीच समापन भएको छ । संस्थाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले संस्थामा ६०% भन्दा बढी सदस्यहरु कृषि पेशामा आवद्ध रहेकोले उत्पादकत्व वृद्धि, कृषिमा लगानी र प्रतिफलको योजनाका बारेमा जर्मन पद्धतिमार्फत गरिएको खेलमुलक सिकाईबाट संस्थाबाट छनोट गरिएका सहभागीहरुबाट कृषि पेशामा उपलब्धीको योजना बनाई व्यवसायिकीकरण तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 

तिन दिनसम्म चलेको उक्त सघन तालिममा सहभागीहरूले ’खेल’ र ’अभ्यास’ का माध्यमबाट व्यवसाय गर्दा आइपर्ने व्यावहारिक चुनौती र त्यसको समाधानका उपायहरूबारे गहन ज्ञान हासिल गरेका छन् । विशेषगरी बाली तथा पशुपालनको सही छनौट, उत्पादनका क्रममा हुनसक्ने मौसमी जोखिमको व्यवस्थापन र वित्तीय औजारहरूको सही सदुपयोग जस्ता विषयमा कृषकहरूलाई दक्ष बनाइएको छ ।
 
नेफ्स्कून अधिकृत तथा तालिमका प्रशिक्षक राधाकुमारी पोखरेल र राजेश खड्काले सहभागीहरूलाई बचत, ऋण र कृषि बीमाका माध्यमबाट भविष्यमा आउन सक्ने वित्तीय संकटलाई कसरी व्यवस्थापन गर्ने र बजारको मागअनुसार ग्राहकसँगको सम्बन्ध कसरी विस्तार गर्ने भन्नेबारे प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप