काठमाडौं । गोकर्णेश्वर काठमाण्डौं स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) को प्राविधिक सहजीकरण र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोगमा कृषक व्यवसाय खेल तालिम श्रावण २४ गते सम्पन्न भएको छ ।
२५ जना कृषकहरुका लागि श्रावण २२ गतेबाट सञ्चालन भएको तालिम एक विशेष समारोहका बीच समापन भएको छ । संस्थाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले संस्थामा ६०% भन्दा बढी सदस्यहरु कृषि पेशामा आवद्ध रहेकोले उत्पादकत्व वृद्धि, कृषिमा लगानी र प्रतिफलको योजनाका बारेमा जर्मन पद्धतिमार्फत गरिएको खेलमुलक सिकाईबाट संस्थाबाट छनोट गरिएका सहभागीहरुबाट कृषि पेशामा उपलब्धीको योजना बनाई व्यवसायिकीकरण तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
तिन दिनसम्म चलेको उक्त सघन तालिममा सहभागीहरूले ’खेल’ र ’अभ्यास’ का माध्यमबाट व्यवसाय गर्दा आइपर्ने व्यावहारिक चुनौती र त्यसको समाधानका उपायहरूबारे गहन ज्ञान हासिल गरेका छन् । विशेषगरी बाली तथा पशुपालनको सही छनौट, उत्पादनका क्रममा हुनसक्ने मौसमी जोखिमको व्यवस्थापन र वित्तीय औजारहरूको सही सदुपयोग जस्ता विषयमा कृषकहरूलाई दक्ष बनाइएको छ ।
नेफ्स्कून अधिकृत तथा तालिमका प्रशिक्षक राधाकुमारी पोखरेल र राजेश खड्काले सहभागीहरूलाई बचत, ऋण र कृषि बीमाका माध्यमबाट भविष्यमा आउन सक्ने वित्तीय संकटलाई कसरी व्यवस्थापन गर्ने र बजारको मागअनुसार ग्राहकसँगको सम्बन्ध कसरी विस्तार गर्ने भन्नेबारे प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।
७ घण्टा अगाडि
३ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१७ दिन अगाडि
१७ दिन अगाडि
४१ दिन अगाडि
३० दिन अगाडि
४६ दिन अगाडि
३९ दिन अगाडि
३३ दिन अगाडि
६० दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि