सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

काठमाडौं । सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीहरूका लागि जुममार्फत अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिना, वरिष्ठ अधिकृत कृपेश लामिछाने, तालिम अधिकृत रविन्द्र श्रेष्ठ तथा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्राचार्य तिमल्सिनाले कोर्षले सहकारी तथा अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । 

अन्तरक्रियाका क्रममा वरिष्ठ अधिकृत कृपेश लामिछानेले सहकारीमा डिजिटल सुरक्षा, डाटा प्रोटेक्सन तथा सुरक्षित प्रविधि प्रयोगका विषयमा प्रस्तुतीकरण गर्दै सदस्य तथा संस्थासँग सम्बन्धित तथा व्यक्तिगत, आर्थिक तथा संवेदनशील विवरण सुरक्षित राख्नु कर्मचारीको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले आधिकारिक तथा सुरक्षित सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयर समयमै अपडेट गर्ने, बलियो पासवर्ड प्रयोग गर्ने, इन्टरनेट तथा वाइफाइ सुरक्षित राख्ने, कम्प्युटरबाट बाहिरिँदा अटो–लक हुने व्यवस्था मिलाउने, शंकास्पद इमेल तथा लिंक नखोल्ने र महत्वपूर्ण डाटाको नियमित ब्याकअप राख्नुपर्नेमा जोड दिनुभयो । 

इमेल पठाउँदा प्राप्तकर्ताको ठेगाना, संलग्न फाइल तथा विवरण पुनः जाँच गर्नुपर्ने बताउँदै सानो गल्ती वा गलत क्लिकले समेत संवेदनशील सूचना गलत व्यक्तिसम्म पुग्न सक्ने जोखिम औँल्याउनुभयो। साथै, बिग्रिएका पुराना कम्प्युटर, ल्यापटप तथा अन्य डिजिटल उपकरणलाई जहाँतहीँ कवाडीका रूपमा नछाड्न र त्यस्ता उपकरणमा रहेका संस्थाका महत्वपूर्ण डाटा सुरक्षित रूपमा व्यवस्थापन तथा डिस्पोज गर्नुपर्ने सुझाव दिनुभयो । डिजिटल सुरक्षा जटिल प्रविधिबाट मात्र नभई कर्मचारीको सावधानी, जिम्मेवारी र डिजिटल अनुशासनबाट समेत सुनिश्चित हुने बताउँदै सहकारीमा डाटा सुरक्षा, साइबर सुरक्षा र डिजिटल सचेतनालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । 

अन्तरक्रियाले प्रशिक्षार्थीहरूलाई व्यावहारिक ज्ञान तथा डिजिटल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन् । 

कार्यक्रमको सहजीकरण तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने नेफ्स्कूनले जनशक्तिको क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासका लागि यस्ता तालिम तथा अन्तरक्रियालाई निरन्तरता दिँदै आएको श्रेष्ठले जानकारी गराउनुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप