श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

सुनसरी । सुनसरी स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजना नेफ्स्कूनको प्राविधिक सहयोग तथा डि.एस.आई.के. जर्मनीको प्राविधिक सहयोगमा दुईदिने बचत खेल तालिम सम्पन्न भएको छ ।

भाद्र ०३ र ०४ गते दुइ दिनसम्म सञ्चालित तालिममा खेलमा आधारित सिकाइ विधिमार्फत सहभागीहरूलाई पारिवारिक आय–व्यय व्यवस्थापन, बजेट निर्माण, आवश्यकता र चाहनाबीचको फरक, वित्तीय लक्ष्य निर्धारण, नियमित बचत, जिम्मेवार ऋण प्रयोग, ब्याज तथा मुद्रास्फीतिको प्रभाव, वित्तीय जोखिम व्यवस्थापन र सुरक्षित वित्तीय संस्थाको प्रयोगसम्बन्धी विषयमा व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो ।

तालिमका क्रममा सहभागीहरूले विभिन्न पारिवारिक तथा वित्तीय परिस्थितिमा समूहगत रूपमा निर्णय लिँदै ती निर्णयले परिवारको आय, खर्च, बचत तथा जीवनस्तरमा पार्ने प्रभावको विश्लेषण गरेका थिए । तीन चरणमा सञ्चालन गरिएको बचत खेलमार्फत सहभागीहरूले योजनाबद्ध बचत, सोचविचारपूर्वक खर्च, जिम्मेवार वित्तीय निर्णय तथा दीर्घकालीन वित्तीय सुरक्षाको महत्वबारे व्यावहारिक रूपमा सिक्ने अवसर प्राप्त गरेका थिए ।

तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत राम प्रसाद सापकोटा र शौभाग्य भट्टराईले गर्नुभएको थियो । तालिम पश्चात् सहभागीहरूले बचत खेल तालिमलाई रोचक, सहभागितामूलक तथा दैनिक जीवनमा प्रत्यक्ष रूपमा लागू गर्न सकिने उपयोगी सिकाइका रूपमा लिएका थिए । खेलका माध्यमबाट आय–व्ययको योजना बनाउने, आवश्यक र अनावश्यक खर्च छुट्याउने, नियमित बचत गर्ने तथा आकस्मिक अवस्थाका लागि वित्तीय तयारी गर्ने विषयहरू सहज र प्रभावकारी रूपमा बुझ्न सहयोग पुगेको बताएका थिए । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप