तीन दिने लघु व्यवसाय खेल तालिम सेवा शुभारम्भ साकोसमा सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तीन दिने  लघु व्यवसाय खेल तालिम सेवा शुभारम्भ साकोसमा सम्पन्न  

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग र सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा German Sparkassens tiftung for International Cooperation को सहयोगमा तीन दिने लघु व्यवसाय खेल तालिम भाद्र ०६ गते सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षतामा सञ्चालित तालिममा उपाध्यक्ष  निर्मल कुमार भण्डारी,सचिव मनोज कुमार रेग्मी,कोषाध्यक्ष सकुन्तला कुमारी लामा शिक्षा उप.समिति सदस्य भिम प्रसाद सापकोटा, संस्थाको व्यवस्थापक बिबेक कुमार ठाकुर, कर्जा अधिकृत रोहितचन्द घिमिरे, लेखा अधिकृत सुभाष दहालको उपस्थिति रहेको थियो । 

भाद्र ०४ गतेदेखि ०६ गतेसम्म सञ्चालन भएको तालिममा सहभागिहरुलाई ५ जना सहभागिको दरले ५ वटा समुह बनाई प्रशिक्षण गराइएको  थियो । उक्त तालिममा आमा जुस पसल,निजगढ जुस पसल,प्राप्ति जुस पसल,नारायणी जुस पसल,लक्ष्मी जुस पसल व्यवसायको नामाकरण गरी काल्पनिक व्यवसाय सञ्चालन गराई व्यवसाय सम्बन्धित आईपर्ने घटनाहरुको आधारमा खेलको माध्यमबाट प्रशिक्षण गर्दै गर्दा एउटै पुजी,स्रोत र जोखिमहरु अनुसार आमा जुस पसल प्रथम भएको थियो । 

तालिममा सहभागीहरूले अहिलेसम्मकै फरक, व्यवहारमुखी र प्रभावकारी तालिम रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सिकाइलाई आफ्नो दैनिक जीवन तथा कृषि व्यवसायमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२५ जना सदस्यहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत सन्दिप राज ढकालले सहजीकरण गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप