एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड

ईटहरी, सुनसरी  । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस (ACCESS) ब्रान्डिङ अन्तर्गत प्राविधिक मुख्य सूचकहरूमाथि केन्द्रित रही सघन स्थलगत सुपरिवेक्षण तथा प्रतिवेदन समीक्षा कार्य भाद्र ०९ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनका  सहायक  कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेद्वारा महिला बचत तथा ऋण सहकारी संस्था लि। मा सम्पन्न स्थलगत अन्वेषणका क्रममा संस्थागत सुशासन, प्रविधि सुरक्षा, कानुनी परिपालना र आन्तरिक नियन्त्रण प्रणालीका मुख्य मापदण्डहरूमाथि गहन समीक्षा गरिएको थियो । 

सुपरिवेक्षण पछिको प्रतिवेदन छलफलमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारीहरुको सहभागितामा स्थलगत सुपरिवेक्षणका सूचकहरूले आगामी वर्षको नीति तथा कार्यक्रम तय गर्न र संस्थाको प्राविधिक सुदृढीकरणमा खेल्ने भूमिकाका विषयमा व्यवस्थापनमा  साझा बुझाइ कायम गरिएको थियो ।

एक्सेस सुपरिवेक्षणका क्रममा मुख्य गरी सहकारीको गुणात्मक विकासका लागि तय गरिएका स्थापित सूचकहरू तथा सिकाइ एवं वृद्धि, वित्तीय दृष्टिकोण र सफ्टवेयर सुरक्षा अन्तर्गत विभिन्न नीतिगत तथा व्यावहारिक विषयहरूमा विस्तृत विमर्श भएको छ । छलफलका क्रममा  प्रणालीगत प्रतिवेदन क्षमतालाई बलियो बनाउन राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्ने ,  मोबाइल बैंकिङमा सिम बाहेक प्रमाणीकरण (Sim Owner Verification) प्रणाली अनिवार्य गर्ने तथा पारिवारिक विवरण (Family Tree) लाई अद्यावधिक गर्ने सूचकहरुमा छलफल गरियो । 

त्यसैगरी, सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ र सहकारी विभागको पाँचौँ संशोधन बमोजिम आन्तरिक कार्यविधि परिमार्जन गर्ने, उच्च जोखिममा रहेका सदस्यहरूको विवरण (PAN, , दोस्रो परिचयपत्र, आयस्रोत० वार्षिक रूपमा अद्यावधिक गर्ने, र सदस्य जोखिम वर्गीकरण प्रतिवेदनको  रिपोर्टिङ  विषयमा सघन छलफल भएको थियो । 

संस्थागत सुशासनतर्फ सञ्चालक समितिको वार्षिक स्व(मूल्याङ्कन, सम्पत्ति विवरण, र सन्तव्यासको स्वघोषणा (Fit & Proper Form) संघको एमआईएस मा अद्यावधिक गर्ने तथा आगामी साधारण सभाबाट बचत तथा ऋण नीति परिमार्जन गर्ने विषयमा छलफल भएको थियो । ऋण सदुपयोगिता निरीक्षणको दायरा बढाउने, ब्रान्ड माइन्डसेट, कर्मचारी निर्देशिका (Employee Handbook) तयार गर्ने रणनीतिक विषयहरूमा समेत गहन छलफल भएको छ ।

छलफलपश्चात संस्थाको अध्यक्ष मुना प्रसाई तिम्सिनाले संस्थाको दीगो विकास र गुणस्तरका लागि संस्था निरन्तर लागिरहने र संघको नियमित सुपरिवेक्षणले थप सुधारको लागि मार्गदर्शन गरेको बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ घण्टा अगाडि

सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

४ दिन अगाडि

तीन दिने  लघु व्यवसाय खेल तालिम सेवा शुभारम्भ साकोसमा सम्पन्न  
तीन दिने लघु व्यवसाय खेल तालिम सेवा शुभारम्भ साकोसमा सम्पन्न  

४ दिन अगाडि

नेफ्स्कूनद्वारा सारथीे साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सारथीे साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

५ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

६ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

४ दिन अगाडि

नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

७ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

८ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा सारथीे साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सारथीे साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

९ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२० दिन अगाडि

पाठकबाट थप