‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

चाबहिल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र चाबहिल स्थित नेटिभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सञ्चालनका लागि सम्झौता भएको छ ।

भदौ ०९ गते सम्पन्न सम्झौता अनुसार सहकारी क्षेत्रमा विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन गर्दै स्वनियमनको अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिनेछ । सहकारी क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग मार्फत सहकारी संस्थाको निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्यसमेत सम्झौताले लिएको छ ।

सम्झौतामा सहकारी ऐन, २०७४ का दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्त तथा बचत तथा ऋण सहकारीका चार सिद्धान्तको पालना, दुवै पक्षका विनियम, नीति तथा कार्यक्रमलाई आधार बनाइएको छ ।

सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा प्रवद्र्धन, आपसी सहयोग तथा संस्थागत जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।

सम्झौता कार्यक्रममा नेटिभ साकोसका अध्यक्ष भिमराज राई तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत सोविता मैनाली र कार्यक्रम सहजकर्ता लिला अम्गाई क्षेत्री र अप्सरा अधिकारीको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप