‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

चाबहिल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र चाबहिल स्थित नेटिभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सञ्चालनका लागि सम्झौता भएको छ ।

भदौ ०९ गते सम्पन्न सम्झौता अनुसार सहकारी क्षेत्रमा विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन गर्दै स्वनियमनको अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिनेछ । सहकारी क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग मार्फत सहकारी संस्थाको निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्यसमेत सम्झौताले लिएको छ ।

सम्झौतामा सहकारी ऐन, २०७४ का दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्त तथा बचत तथा ऋण सहकारीका चार सिद्धान्तको पालना, दुवै पक्षका विनियम, नीति तथा कार्यक्रमलाई आधार बनाइएको छ ।

सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा प्रवद्र्धन, आपसी सहयोग तथा संस्थागत जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।

सम्झौता कार्यक्रममा नेटिभ साकोसका अध्यक्ष भिमराज राई तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत सोविता मैनाली र कार्यक्रम सहजकर्ता लिला अम्गाई क्षेत्री र अप्सरा अधिकारीको सहभागिता रहेको थियो ।

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४२ मिनेट अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२० दिन अगाडि

लोकप्रिय
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४२ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

पाठकबाट थप