क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाका अवसरमा आयोजित ACUES कार्यशालामा सहभागी सात देशका ३२ जनाले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् ।
कार्यशालाका सहभागीहरूले संकलन गरेको सहयोग रकम नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई RM 310 (Malaysian Currency) हस्तान्तरण गरेका थिए । सहभागीहरूले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन् ।
डा. सापकोटा नेपाल फर्किएपछि प्राप्त सहयोग रकम नेपाली रुपैयाँ ११ हजार ४७० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भाद्र ३१ गते जम्मा गरिएको छ । अकूको साधारण सभासँगै आयोजित कार्यशालामा विभिन्न देशका सहकारी तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
१० दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
२० दिन अगाडि
२१ दिन अगाडि
३८ दिन अगाडि
२७ दिन अगाडि
३० दिन अगाडि
३० दिन अगाडि
६० दिन अगाडि
४३ दिन अगाडि
३६ दिन अगाडि
३७ दिन अगाडि