एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा नेपालका दुई  साकोसहरूले हासिल गरेका अन्तर्राष्ट्रिय उपलब्धिका विषय र नेफ्स्कूनका अध्यक्ष अकूको द्धितीय उपाध्यक्ष हुनुभएकोमा सञ्चारकर्मीहरूसँग विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

संघको केन्द्रीय कार्यालय, मीनभवनमा आयोजित कार्यक्रममा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभा तथा अकू फोरम २०२६ मा नेपालले प्राप्त गरेका सफलताहरूबारे जानकारी गराइएको हो ।

संघका महासचिव घनश्याम अधिकारीले उपस्थित सञ्चारकर्मी तथा अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।  स्वागत पश्चात् संघका उपाध्यक्ष शान्ती अधिकारीले अध्यक्ष चन्द्र प्रसाद ढकाललाई अकूको द्धितीय उपाध्यक्ष हुनुभएकोमा खादा लगाएर औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

छलफलका क्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपालका दुई साकोस जनउत्थान साकोस (सिल्भर) र मध्यनेपाल साकोस (ब्रोन्ज) ले प्राप्त गरेको अन्तर्राष्ट्रिय ‘एक्सेस ब्राण्ड’ अवार्डबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । साथै, एशियाली ऋण महासंघको साधारण सभाबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको द्वितीय उपाध्यक्षमा निर्वाचित भएको विषय तथा रसुवाका बाढीप्रभावित साकोसहरूको पुनर्निर्माणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगका बारेमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा सहभागी सञ्चारकर्मीहरू र नेफ्स्कूनका प्रतिनिधिहरूबीच सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मन्तव्यका क्रममा नेफ्स्कूनका सदस्य संस्थाहरूले प्राप्त गरेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू र लामो समयको प्रयासपछि एसियाली ऋण महासंघ (अकू) को सञ्चालक पदमा निर्वाचित हुनु सिंगो नेपालको बचत तथा ऋण सहकारी अभियानकै ठूलो उपलब्धि रहेको उल्लेख गर्नुभयो ।

यसै गरी, पछिल्लो समय नेफ्स्कूनका बारेमा बजारमा फैलिएका केही नकारात्मक टीका–टिप्पणी तथा भ्रामक हल्लाहरूलाई सही नठान्न र विश्वास नगर्न आग्रह गर्नुभयो । आगामी दिनमा अझ प्रभावकारी एवं सशक्त तरिकाले अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै, अभियानलाई थप उचाइमा पु¥याउन प्रवद्र्धन भइरहेको सहकारी बैंक गठन प्रक्रिया समेत द्रुत गतिमा अघि बढिरहेको कुरा स्पष्ट पार्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप