साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

काठमाडौं । साहारा वचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २१ औं साधारण सभा सम्पन्न भएको छ ।

जिल्लाकोे रामेछाप र मन्थली नगरपालिका कार्यक्षेत्र रहेको सहकारीले ६ वटा इकाईका ३१ वटा केन्द्रमा साधारण सभा वैठक गरी मन्थलीमा निर्णय प्रमाणिकरण सम्पन्न गरेको हो । 

२०६२ साल माघ १३ गते सामुदायिक विकास समाज, लक्षित समुदायका प्रतिनिधीहरुले दर्ता स्थापना गरेका साहारा वचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थली रामेछापको शेयर सदस्य ५ हजार ४ सय २६ रहेका छन् । संस्थाको आर्थिक वर्ष ०८२/०८३ मा कूल सम्पति ३७ करोड ४३ लाख ६८ हजार ८ सय ४३ रहेको संस्थाका सचिव तिलक कार्कीले बताउनु भयो ।  संस्थाको शेयर पूँजी २ करोड ६९ लाख ४२ हजार ८ सय रहेको छ भने जगेडा कोषमा १ करोड २८ लाख ६९ हजार ५ सय १३ रहेको सचिव कार्कीले जानकारी दिए । संस्थाको वचत निक्षेप ३० करोड ५० लाख ५५ हजार ९ सय ४४ रहेको छ भने ऋण लगानी २५ करोड ६६ लाख ७१ हजार ६ सय ७० रहेको छ । संस्थाको संचालित खूद मूनाफा ४ लाख १७ हजार ७३ रहेको कार्कीले बताउनुभयो । नीति, विधी र प्रविधिमा निरन्तर लागि रहेको बताउदै आ.व. ०८२/०८३ को नीति, वार्षिक कार्यक्रमको प्रगति विवरण पेश गरेका थिए । संस्थालाई थप सुदृढ, पारदर्शी र सदस्यकेन्द्रित वित्तिय सहकारीका रुपमा विकास गर्ने योजना रहेको समेत बनाउनु भएको थियो  । 

आ.व. ०८३/०८४ को नीति, वार्षिक कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको थियो । जसमा वित्तिय र गैह्र वित्तिय योजनाका बारेमा छलफल भएको थियो । साधारण सभामा कोषाध्यक्ष चुक्तबहादुर मगरले आ.व ०८२/०८३ को आयव्यय विवरण र ०८३/०८४ को प्रस्तावित वजेट प्रस्तुत गर्दै सर्वसम्मत रुपमा पारित भएको थियो । साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक गंभिर विकले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  भने साकोसका उपाध्यक्ष कमलबहादुर मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । 

निर्णय प्रमाणिकरण बैठक तथा २१ औं साधारण सभामा विशेष वक्ता जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले सहकारी अभियानका अवसर, चुनौति र सामनाका लागि गर्नुपर्ने कामका बारेमा चर्चा गर्नु भएको थियो । प्रमुख बक्ता जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले सहकारी शिक्षा, वित्तिय साक्षरता, सदस्यहरुलाई संस्थाका बारेमा नियमित जानकारी गराउने तथा सहकारी अभियानलाई तिव्रता दिन आग्रह गर्नुभएको थियो ।  सहकारीका असल अभ्यासको प्रचार प्रसार गर्ने, संचालक तथा कर्मचारीलाई क्षमतावान बनाउन लाग्नु पर्ने सल्लाह दिनुभएको थियो ।  सहकारीका वर्तमान चुनौतिलाई अवसरका रुपमा लिएर सुशासन, पारदर्शिता, वित्तिय अनुशासन, जोखिम व्यवस्थापन र वचत सुरक्षालाई प्राथमिकतामा राखि काम गर्न आग्रह समेत गर्नुभएको थियो  ।  

बैठकमा सल्लाहकार केशव तिमल्सिना, होतराज ढकालले शुभकामना दिएका थिए । साधारण सभा तथा निर्णय प्रमाणीकरण बैठकमा प्रस्ताव र निर्णय संस्थाका व्यवस्थापक बलराम लामाले प्रस्तुत गरी सर्वसम्मतबाट पारित भएका थियो । साहारा साकोसका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप