शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

भक्तपुर । भक्तपुरको शंखधर चोक स्थित शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रममा संस्थाका अध्यक्ष श्याम सुन्दर कायस्थ सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापनका गरी १२ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले स्क्यान कार्यक्रममा सहभागिताको औचित्य, उद्देश्य तथा प्रभावकारिताका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले स्क्यान कार्यक्रम मार्फत सहकारी संस्थाको नियमित निरीक्षण तथा अनुगमन, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा पुग्ने सहयोगबारे जानकारी गराउनुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले स्क्यान कार्यक्रममा सहभागी हुने सम्बन्धमा सञ्चालक समितिबाट आवश्यक निर्णय गरी कार्यान्वयन प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुभश्री बचत तथा ऋण सहकारी संस्थाले स्क्यान कार्यक्रममा सहभागिता जनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै संस्थाको नियमित निरीक्षण तथा अनुगमन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

५९ दिन अगाडि

पाठकबाट थप