भक्तपुर । भक्तपुरको शंखधर चोक स्थित शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममा संस्थाका अध्यक्ष श्याम सुन्दर कायस्थ सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापनका गरी १२ जनाको सहभागिता रहेको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले स्क्यान कार्यक्रममा सहभागिताको औचित्य, उद्देश्य तथा प्रभावकारिताका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले स्क्यान कार्यक्रम मार्फत सहकारी संस्थाको नियमित निरीक्षण तथा अनुगमन, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा पुग्ने सहयोगबारे जानकारी गराउनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले स्क्यान कार्यक्रममा सहभागी हुने सम्बन्धमा सञ्चालक समितिबाट आवश्यक निर्णय गरी कार्यान्वयन प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुभश्री बचत तथा ऋण सहकारी संस्थाले स्क्यान कार्यक्रममा सहभागिता जनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै संस्थाको नियमित निरीक्षण तथा अनुगमन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
१८ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
१९ दिन अगाडि
१२ दिन अगाडि
२२ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि