सर्लाही । बागमती नगरपालिका–६ मा रहेको सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा असोज १७ गते सम्पन्न भएको छ ।
पूर्वनिर्धारित मिति असोज १० गते आयोजना गर्ने तय भए पनि प्रतिकूल मौसमका कारण स्थगित भएको साधारण सभा असोज १७ गते सम्पन्न गरिएको हो ।
साधारण सभाको उद्घघाटन मधेश प्रदेशका सांसद तथा सुर्योदय साकोसका पूर्वअध्यक्ष एवं सल्लाहकार जवाहरलाल कुशवाहाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थापक अध्यक्ष, उपसमितिका पदाधिकारी तथा ज्येष्ठ सदस्य नरबहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्तातर्फ ५ जना, उत्कृष्ट ऋणीतर्फ ५ जना, बाल बचतकर्तातर्फ ४ जना, उत्कृष्ट समूहका रूपमा महिला समूह, प्रविधि सेवा सञ्चालनतर्फ २ जना, एसईईतर्फ १ जना तथा प्रमाणपत्र तहमा उत्कृष्ट १ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै, उत्कृष्ट कर्मचारीका रूपमा रुपा कुमारी पोखरेललाई सम्मान गरिएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा राजघाटको सहयोग तथा ऋषिश्वर शर्माले उपलब्ध गराएको समन्वयमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा २८ जना व्यक्तिले रक्तदान गरेका थिए ।
बागमती नगरपालिका र बरहथवा नगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको संस्थाले चारवटा कार्यालयमार्फत आफ्ना सदस्यलाई विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष बुद्धि बहादुर तुम्सिङ मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रवण न्यौपानेले गर्नुभएको थियो ।
२३ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
२ दिन अगाडि
१८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
८ दिन अगाडि
१० दिन अगाडि
१६ दिन अगाडि