सर्लाही । बागमती नगरपालिका–६ मा रहेको सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा असोज १७ गते सम्पन्न भएको छ ।
पूर्वनिर्धारित मिति असोज १० गते आयोजना गर्ने तय भए पनि प्रतिकूल मौसमका कारण स्थगित भएको साधारण सभा असोज १७ गते सम्पन्न गरिएको हो ।
साधारण सभाको उद्घघाटन मधेश प्रदेशका सांसद तथा सुर्योदय साकोसका पूर्वअध्यक्ष एवं सल्लाहकार जवाहरलाल कुशवाहाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थापक अध्यक्ष, उपसमितिका पदाधिकारी तथा ज्येष्ठ सदस्य नरबहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्तातर्फ ५ जना, उत्कृष्ट ऋणीतर्फ ५ जना, बाल बचतकर्तातर्फ ४ जना, उत्कृष्ट समूहका रूपमा महिला समूह, प्रविधि सेवा सञ्चालनतर्फ २ जना, एसईईतर्फ १ जना तथा प्रमाणपत्र तहमा उत्कृष्ट १ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै, उत्कृष्ट कर्मचारीका रूपमा रुपा कुमारी पोखरेललाई सम्मान गरिएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा राजघाटको सहयोग तथा ऋषिश्वर शर्माले उपलब्ध गराएको समन्वयमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा २८ जना व्यक्तिले रक्तदान गरेका थिए ।
बागमती नगरपालिका र बरहथवा नगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको संस्थाले चारवटा कार्यालयमार्फत आफ्ना सदस्यलाई विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष बुद्धि बहादुर तुम्सिङ मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रवण न्यौपानेले गर्नुभएको थियो ।
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१९ दिन अगाडि
२१ दिन अगाडि
३८ दिन अगाडि
२७ दिन अगाडि
३० दिन अगाडि
३० दिन अगाडि
६० दिन अगाडि
४३ दिन अगाडि
३७ दिन अगाडि
३६ दिन अगाडि