सयपत्री साकोस एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सयपत्री साकोस एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी

संस्थाले सहकारी विभाग र नेफ्स्कुनकाे संयुक्तरुपमा सञ्चालित प्राेबेसन कार्यक्रममा बिगत २ वर्षअघि सहभागी भई गुणस्तरीय ब्रान्ड प्राेबेसन प्राप्त गर्न सफल भयकाे छ । सयपत्री साकोसमा आयोजित एक कार्यक्रमका बीच नेफ्स्कूनका सञ्चालक कृष्णप्रसाद नेपाल, बरिस्ठ कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिना, फिल्डकार्याल बुटवल प्रमुख राधाकुमारी पाेखरेल साकोसका अध्यक्ष कृष्णप्रसाद पाैडेल, सचिव नारायण पाैडेल काेषाध्य कमला थापा सञ्चालक समितिका सदस्यहरु, संस्थाका ब्यवस्थापक टिकाराम तिमिल्सिना लगायत कर्मचारीहरुको उपस्थितिमा एक्सेस कार्यक्रम आबद्धतामा द्विपक्षिय सम्झौता सम्पन्न भएको हो ।

२ हजार सदस्यहरुमा वित्तीय सेवा प्रवाह गरिरहेको उक्त संस्थाको कुल कारोबार २६ कराेड ४५ लाख रहेको छ । एक्सेस कार्यक्रम एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६३ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ । साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ । हाल ६० बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् भने यी मध्ये २० वटा एशियाली मापदण्डमा प्रमाणीकरण भईसकेका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप