तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा साकोस अभियानको छवि संरक्षण र विकासमा नेफ्स्कूनको भूमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम साउन १४ गते आयोजना भएको छ । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानको सुदृढीकरणका लागि अभिभावक संघको रुपमा नेफ्स्कून सदैव क्रियाशील रहेको बताउनुभयो । नेफ्स्कूनले सबै सहकारीहरुका लागि नवीनतम प्रविधिको प्रयोगमा सहजताका लागि विस्तृत अध्ययन गरिरहेको उल्लेख गर्दै यसले प्रविधि स्तरीकरणमा सहयोग पुग्ने दाबी गर्नुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महामारीको विषम परिस्थितिका बीच पनि साकोसहरुले कार्यालय सञ्चालन तथा सेवा व्यवस्थापनमा गरेको योगदानको उच्च प्रशंसा गर्दै सदस्य केन्द्रीत सेवा प्रवाह विकस र गुणस्तर सुधारमा सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका उपाध्यक्ष एवम् चितवन फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक शान्ती अधिकारीले बन्दाबन्दीको समयमा चितवन फिल्ड कार्यालयले सदस्य संस्थाहरुलाई निरन्तर प्रवाह गरेको सेवाको बारेमा जानकारी गराउँदै सदस्यहरुबाट राम्रो सहयोग भएको बताउनुभयो । आगामी दिनमा पारस्परिकता थप बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साकोस अभियानको छवि संरक्षण र विकासमा नेफ्स्कूनको भूमिका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । एसियाको साकोस अभियान, नेपालको साकोस अभियान, सामाजिक उत्तरपूर्ण परिपालना, प्रविधितर्फ उन्मुख, विपतमा नेतृत्व आदि विषयहरु समाविष्ट थिए ।

नेफ्स्कूनको लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले साकोस अभियान सुदृढीकरणका लागि संघको निरन्तरको पहलकदमीमा साकोसको साथ सहयोगको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने निवर्तमान सञ्चालक भरत प्रसाद दवाडी पूर्व सञ्चालक इन्द्रराज ज्योति पौडेल, राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य मित्रराज दवाडी, प्रदेश नं ३ का प्रदेश बचत संघ सञ्चालक तेजेन्द्र बहादुर खड्का, जिल्ला बचत संघ लि. चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, जिल्ला बचत संघ नवलपुरका अध्यक्ष माधव प्रसाद गौतम, फिल्ड व्यवस्थापन उपसमिति सदस्य गोपाल प्रसाद गौतम, ओम प्रसाद सापकोटा, प्रेमकृष्ण खनाल लगायत विभिन्न साकोसका अध्यक्ष एवम् सञ्चालकहरु गरी ४५ जनाको सहभागिता थियो ।

त्यसैगरी साउन १५ गते नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा हेटौडामा साकोसहरुबीच अभियानको विकास र सुदृढीकरण विषयक अन्तरक्रिया भएको छ । विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुसहित ३७ जनाको सहभागिताका बीच बुधबार सम्पन्न कार्यक्रम अध्यक्षता नेफ्स्कूनका सञ्चालक विद्या कोइरालाको अध्यक्षतामा भएको थियो । 

त्यसैगरी साउन १६ गते नेफ्स्कूनको प्राविधिक सहयोग र प्रदेश नं ५ सकोस म्यानेजर्स क्लबको आयोजनामा रुपन्देही, बुटवलमा साकोस अभियानको छवि संरक्षण र विकासमा नेफ्स्कूको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रम म्यानेजर्स् क्लबका अध्यक्ष रन बहादुर थापाको अध्यक्षता र नेफ्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, सञ्चालक सन्दिप सापकोटा, नेफ्स्कून म्यानेजर्स् क्लबका अध्यक्ष विनोद पराजुली लगायत स्थानीय साकोस प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रम म्यानेजर्र्स् क्लबका उपाध्यक्ष बद्री पौडेलको स्वागत र सचिव टिकाराम तिमिल्सिनाको सञ्चालनमा भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप