अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

काठमाडौं, साउन १६ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साउन १६ गते नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याललाई ज्ञापनपत्र बुझाएको छ । बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजु सहित संघका अन्य प्रतिनिधिमूलक समुहले नेफ्स्कून केन्द्रीय कार्यालयमा उपाध्यक्ष शान्ती अधिकारी, महासचिव दामोदर अधिकारी र कामु प्र्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहितको उपस्थितिमा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो । यसैदिन बचत संघ भक्तपुरले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेललाई पनि सो पत्र बुझाएको छ । 

कोभिड १९को महामारीको विषम परिस्थितिमा सहकारी संघ÷संस्थाले कसरी साधारणसभा गर्ने भन्ने विषयमा मार्गदर्शन र नियामक निकायसँग सहजीकरण गर्न ज्ञापनपत्रमा अनुरोध गरिएकोछ ।  संघले ज्ञापनपत्रमा प्रतिनिधिमुलक साधारणसभा गर्न सक्ने व्यवस्था वा अन्य वैकल्पिक व्यवस्था हुन आवश्यक रहेको औल्याएको छ । यो विषयमा तत्काल निक्र्यौल गर्न माग गरिएको संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बताउनुभयो । 

त्यसैगरी २०७७÷०७८ को अध्यादेश अनुसार सहकारी संघ÷संस्थाको बार्षिक आयमा ५ प्रतिशत मात्र कर लाग्ने व्यवस्था भइसकेको अवस्थामा सहकारी संघ÷संस्थाले तरलता व्यवस्थापनका लागि बैक तथा वित्तीय संस्थामा निक्षेप राखिएको रकमबाट पाउने ब्याजमा १५ प्रतिशत अग्रिम कर कट्टी गर्ने व्यवस्था अव्यवहारिक भएकोले अग्रिम ब्याज कर कट्टी ५ प्रतिशत वा सोभन्दा कम मात्र गर्न ज्ञापनपत्रमा माग गरिएको छ । 

यस्तै, सहकारी संस्थाहरुले संघहरुबाट लिएको ऋणको ब्याजमा पनि १५ पतिशत अग्रिम ब्याज कर कट्टा गर्ने प्रावधान अव्यवारिक भएकोले संशोधनका लागि माग गरिएको लाखाजुले बताउनुभयो । ज्ञापनपत्रमा राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन मस्यौदाको उद्देश्य नं. ६ मा संघको ध्यानआकर्षण भएको उल्लेख छ । जसमा जिल्ला विषयगत संघहरु प्रादेशिक विषयगत संघमा एकिकरण गर्ने भन्ने विषयमा संघको ध्यानआकृष्ट भएको भन्दै संविधानमा जिल्लाको अवधारण रहेकै हुनाले आत्मनिर्भर रुपमा संचालित विषयगत जिल्ला संघहरु एकिकरण नगर्न माग गरिएको छ । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साधारणसभाको विषयमा सम्बन्धित, मन्त्रालय, विभाग र अभियानबीच छलफल भईरहेको बताउनुभयो । उहाँले ब्याजमा अग्रिम कर कट्टीको विषयमा अर्थमन्त्री समक्ष जानकारी गराईसकिएको र मन्त्री स्वयंले संशोधनको विषयमा उचित पहल गर्ने प्रतिबद्धता समेत जाहेर भएको जानकारी गराउनुभयो । उहाँले मुलकमा संघीयताको वहश चलिरहेको सन्दर्भमा जिल्ला संघ बैधानिक पहिचानको विषय के हुन सक्छ त्यस सन्दर्भमा अभियानसँगको विशेष छलफल आवश्यक रहेको औल्याउनुभयो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप