‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

कैलाशभक्त प्रधानाङ्ग नेपालको सहकारी र त्यसमा पनि बचत तथा ऋण सहकारीको क्षेत्रमा सम्मानपूर्वक लिइने नाम हो । राजनीति र सहकारी उहाँका युवावयदेखि पछिल्लो केही वर्षअघिसम्म सखा रहे । नेफ्स्कूनको लगातार १४ वर्ष अध्यक्ष रहनुभएका प्रधानाङ्गले संघको जग बसाउने काममा अहोरात्र खटिनुभएको इतिहास छ । गत साउनमा ८१ वर्ष टेक्नुभएका प्रधानाङ्ग अहिले भने खाना अरुचि, निन्द्रा नलाग्ने र कान कम सुन्ने समस्यामा हुनुहुन्छ । कमजोरीका कारण घरमै रहेका चिकित्सक छोराबुहारीले कम बोल्न र आराम गर्न आग्रह गरेपनि सहकारी र नेफ्स्कूनको नाम लिने बित्तिकै अनुभव र भावनाहरु साट्न उहाँ शरीरको आवश्यकता बिर्सिनुहुन्छ । www.saccosaawaj.coop.np को जीवनशैली स्तम्भको सुरुवात गर्दैछौं प्रधानाङ्गका जीवन जीउने शैलीहरुबाटः

नामः                         कैलाशभक्त प्रधानाङ्ग
जन्म मितिः                 वि.स. १९९६ साउन द्वादशी तिथि
जन्मस्थानः                 भक्तपुर, नगदेश (हाल मध्यपूर थिमि नपा–७)
शिक्षाः                       बीए
न्वारनको नामः            तेजभक्त प्रधानाङ्ग
घरमा बोलाउने नामः    कैलाशभक्त
श्रीमतीः                      रञ्जनादेवी प्रधानाङ्ग
मागी वा भागी विवाहः   मागी
दम्पतीबीच उमेर फरकः      १२ वर्ष
सन्तानः      १ छोरी र २ छोरा छन् ।  जेठी छोरी रविना प्रधानाङ्ग स्त्रीरोग विशेषज्ञ छिन् मध्यपुर थिमि अस्पतालमा । माहिलो छोरा रविन्द्रभक्त प्रधानाङ्ग कान, नाक र दाँत        चिकित्सक छन् शिक्षण अस्पताल महाराजगञ्जमा र कान्छो छोरा       सुरेशभक्त प्रधानाङ्ग मध्यपुर थिमि अस्पतालमा प्रयोगशाला प्राविधिक छन् ।
उठ्ने र सुत्ने समयः     पहिला बिहान ७ बजे पछि मात्रै उठ्थे । अहिले निन्द्रा लाग्दैन, त्यसैले ४–५ वा त्यो भन्दा पनि पहिले हुनसक्छ, ठेगान नै छैन । बेलुका ११ नबजी सुत्दिन् ।
रुचिः                         सहकारी, राजनीति र संगीत । हार्मोनियम राम्रो बजाउँथे । जापानबाटै हार्मोनियम ल्याएको थियो । त्यही बजाउथे । पछि सहकारीमा व्यस्त भएपछि त्यो बानी टुट्यो ।
पत्रपत्रिकाः                 एकदम पढ्छु । बोकेर पनि हिड्थे । पढ्ने मात्र होइन पत्रपत्रिकाका उपयोगी सामाग्रीहरु संकलन गर्ने बानी थियो । धेरै पुराना पत्रपत्रिका र आवश्यक कागजातहरु सजाएर राख्ने बानी थियो । अहिले खबरहरु                                               मोबाईलमा पढ्छु । कान कम सुन्ने भएकाले टेलिभिजन हेर्न र रेडियो सुन्न भन्दा पत्रिका पढ्न मन लाग्छ । पहिला पनि निक्कै पत्रपत्रिका पढ्ने बानी अहिले पनि जारी छ । प्रकाशमा बिना चश्मा नै मोबाइलबाट             समाचारहरु पढ्न सक्छ् । 
धार्मिक आस्थाः       धर्ममा आस्था छ तर पूजा पाठ, ध्यान जप भने कहिल्यै गर्दिन । हिजोआज शारिरिक अभ्यास गर्नु भने पनि खासै गर्दिन । पछिल्लो समय दैनिक एक अध्याय गीता पाठ गर्न थाल्या छु ।
पोशाकः                 खासै रुचि छैन । लगाउनको सोख कहिले लागेन ।
खानाः                    मासु एकदम मीठो लाग्थ्यो । रागाँ, खसी र बोकाको मासु नित्य जस्तो चाहिन्थ्यो । कुखुरा घरमा चल्दैन । मासुको टुक्रा ठूलो चाहिन्थ्यो । यो साउनमा जनै खटिरा आएपछि भने खाना अरुचि भएका कारण केही पनि खान                                 मन लाग्दैन ।
चिया वा कफीः     दुवै लिन्थे । पछिल्लो समय कफि र दुध हालेको चियाले फाइदा नगर्ने भएर कालो चिया पिउँछु ।
पाककलाः            चिया पनि पकाउन आउँदैन । अहिलेसम्म भान्सामा केही पकाएको थाहा छैन । जहाँबसेको हुन्छु श्रीमती वा घरका सदस्यले त्यही खानेकुरा ल्याइदिन्छन । भान्साका केही काम गर्नै आउँदैन । यो बानीले परिवारलाई गाहे भएको महसुस गरेको छु ।
अन्य घरायसी कामः गर्दिन भने पनि हुन्छ । श्रीमतीले नै घर र सन्तानको पालनपोषण गरिन् । सुरुमा राजनीति र पछि सहकारीमा लागेका कारण घरबाहिर धेरै समय भुल्नुपर्ने कारण घरको कामबाट टाढै बस्ने बहाना मिल्यो । कहिलेकाही लुगामा इस्त्री भने लगाउँथे ।
पारिवारिक मतभेदः   श्रीमती रिसाउँदा म नबोल्ने, म रिसाउँदा उनी नबोल्ने सम्म हुन्छ । उनीबाहेक छोराछोरीलाई पनि मैले कहिल्यै गाली गरेको छैन आजसम्म । श्रीमतीले सानोमा छोराछोरीलाई गाली गर्दा समेत म केही भन्दिनथे । बरु उनीसँग केही गुनासो गर्थे ।
चलचित्रः              त्यति रुचि छैन । संगीतका धुनहरु मीठो लाग्छ । श्रीमतीसँग धेरै वर्ष पहिले भक्तपुरको पुरानो चलचित्रघरमा गएर एउटा हिन्दी सिनेमा हेरेको थिए ।
विदेश भ्रमणः        धेरै देश घुमे । अमेरिका भने गएको छैन । 
स्वेदश भित्र भ्रमणः    नपुगेको जिल्ला छ जस्तो लाग्दैन ।
शारिरिक अवस्थाः     करिब ५ वर्षअघि एउटा आँखामा लेन्स हाल्न गएको, चिकित्सकले उमेरका कारण दुवैमा हाल्न सुझाव दिएपछि दुवै आँखामा लेन्स हालेको छ । आँखा राम्रो देख्छु । दुवै कानमा मेशीन लगाएको छ, त्यही पनि कम सुन्छु ।                              एउटा कानको जाली फुटेको छ । घरमा छोरा त्यही विषयको जानकार हुँदाहुँदै अस्पतालमा गएर सल्लाह लिदाँ चिकित्सकको लापरवाहीले गर्दा कानको जाली फुट्यो ।
पढाइः                      बिवाह पछि मात्र प्राइभेट बीए गरेँ । राजनीतिमा लागेका कारण नियमित विद्यालय र क्याम्पस गएर पढिन् । एसएलसीदेखि बीएसम्म प्राइभेट पढेँ । समय दिन नसकेका कारण पढाइमा सामान्य थिएँ ।
श्रीमतिको गुनासोः      राजनीति गरेको उनलाई मन पर्दैनथ्यो । सहकारी भने उनको पनि रुचिको विषय हो । सहकारीमार्फत समाज र खासमा महिलाहरुको उत्थान भएको छ भन्ने धारणा राख्छिन् । राजनीति र नेफ्स्कूनमा लागुन्जेल घरमा                                        खानासँगै बसेर कमै खायौं । बिबाह पछि बुढाबुढी घुम्न गएको थाहा छैन । घरायसीकाममा पनि सहयोग कम भएको जस्ता गुनासो उनको हुनसक्छ ।

आदर्श सहकारीकर्मीः         खासै एक व्यक्तिबाट अत्यधिक प्रभावित भइनँ ।
उपलब्धिः                          समुदायमा सहकारी सम्बन्धी प्रभाव बढाउन भूमिका खेले भन्ने लाग्छ । राजनीति, सहकारी र समाजसेवाका कारण साथीभाइ धेरै कमाएँ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप