अघिल्लो समाचार

एफओएफ
२२४४ दिन अगाडि
राष्ट्रिय सहकारी नीति २०६९ पुनरावलोकन सम्बन्धी छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी नीति २०६९ पुनरावलोकन सम्बन्धी छलफल

काठमाडौं, साउन २६ । राष्ट्रिय सहकारी विकास बोर्डबाट मस्यौदा भएको राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकनमा अभियानको तर्फबाट सुझाव दिने उद्देश्यले सोमबार महासंघले सहकारी बैंक, विषयगत केन्द्रीय सहकारी संघ तथा उपत्यकाका जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी नीतिलाई सहकारी अभियानको गाइडलाइन भएकाले बृहत्त छलफल गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले अभियानको भावना र संविधानको स्प्रिटलाई नीतिमा समावेश गर्न सुझाव दिने बताउनुभयो । सो छलफलबाट उक्त नीतिलाई सहकारीकर्मीहरूसंग बृहत्त छलफल गरेर मात्र जारी गर्नका लागि वोर्डलाई सुझाव दिने निष्कर्ष निकालेको छ ।

निर्वतमान अध्यक्ष केशव बडालले बहुआयमिक गरिवी घटाउने कार्यक्रममा सहकारीको महत्वपूर्ण योगदान रहँदै आएको विभिन्न अध्ययनले देखाएको बताउनुभयो । उहाँले राष्ट्रिय सहकारी नीति, २०६९ को कार्यान्वयनको समीक्षा गर्दा उक्त नीतिको उद्देश्य अनुरूप अभियानले हासिल गरेको उपलव्धीलाई सही रूपमा विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सातवटै प्रदेशमा अन्तक्रिया गरेर सुझाव संकलन गर्न सकेको खण्डमा सबैको सुझाव समेट्न सकिने बताउनुभयो । उहाँले अब कहाँ पुग्ने र कसरी पुग्ने भन्ने विषय स्पष्टसँग समेटिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष रमेश पोखरेलले सहकारी अभियानको पुर्नसरचनाका लागि थप छलफल गर्नुपर्ने र नीतिलाई यथार्थपरक बनाउनु पर्ने धारणा राख्नुभयो । महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले नीतिको मस्यौदा गर्दा तथ्यांक महत्वपूर्ण भएकोले तथ्यांक संकलनमा जोड दिर्दै त्यसका लागि सबैले सहकार्य गरेर कार्य गर्न सकिने धारणा राख्नुभयो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नीतिका विषयमा प्रस्तुती गर्दै हालको मस्यौदाभन्दा फरक सिर्जनसिल भएर अभियानको अवको दिशा निर्देश हुने गरी नयाँ तरिकाले सोच्नुपर्ने बताउनुभयो । उहाँले नीतिको मस्यौदामा भएको पृष्ठभूमि, वर्तमान स्थिति, मूख्य चुनौती, दुरदृष्टि, दीर्घकालीन लक्ष्य, उद्देश्यहरूमा पुर्नलेखन गर्न आवश्यक भएको वताउनुभयो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले पनि कार्यविधि, निर्देशिकामा राख्दा हुने विषय नीतिमा आएकोले यसलाई पुर्नलेखन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासंघका संचालक टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल, केन्द्रीय जडिबुटी संघका अध्यक्ष ईश्वरीराज पाण्डे, कृषि, विउ, तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघका अध्यक्ष विनोद पराजुली, नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका अध्यक्ष दिपकराज पौडेल, नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघको महासचिव खेम सुवेदी, नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिना, राष्ट्रिय सहकारी बैंकका संचालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, राष्ट्रिय सहकारी बैंकका सिइओ सिए बद्री गुरागाई, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, संचारकर्मी यादव हुमागाई लगायतले सुझाव दिनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप