एक्सेस मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना कार्यशाला सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना कार्यशाला सञ्चालन

काठमाडौं, भदौ १४ । नेफ्स्कूनले साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम एक्सेस मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ । भदौ १२ गतेदेखि सञ्चालन भएको उक्त गोष्ठीमा प्राविधिक रुपमा ४७ वटा साकोसबाट ८८ जनाको उपस्थिति रहेको थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । 

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले ले सहजीकरण गर्नुभएको उक्त तीन दिने गोष्ठीमा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्यढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता एवं फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवं कार्यगत लचकताको विषयहरु समेटिएका थिए ।

गोष्ठी समापन का क्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले प्रत्येक संस्था सञ्चालनका लागि व्यवसाय निरन्तरता योजना आवश्यक रहेको बताउनुभयो । कोभिड १९ को विषम परिस्थितिमा ंसंस्था सञ्चालनका क्रममा सदस्य सेवा, जनशक्ति व्यवस्थापन र प्रविधि प्रयोग सँगै सदस्य र कर्मचारीहरुमा स्वास्थ्य र वित्तीय शिक्षा सम्बन्धी उपयुक्त परामर्श प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।  

गोष्ठी समापन सँगै सहभागी प्रतिनिधिहरुले यहि भदौ ३१ गते संस्थाको व्यावसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै संघले आगामी असोज ७ गते ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्ने जानकारी गराएको छ ।  

तीन दिनको व्यवसाय निरन्तरता योजना तालिमबाट के के सिक्नुभयो भनी गोष्ठीमा सहभागी केही साकोस प्रतिनिधिहरुलाई सोधिएको प्रश्नको जवाफ उहाँहरुकै शब्दमा ः 

इश्वर मरासिनी
व्यवस्थापक, सामुहिक विकास साकोस, रुपन्देही

बार्षिक रुपमा संस्थाको व्यवसाय निरन्तरता योजना बनाउँथ्यौ । तर तथ्यांकीय विधिबाट कसरी संस्था सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा ज्ञान थिएन । यस तालिममा सहभागी भएपश्चात संस्थाको कुशल सञ्चालनमा तथ्यांकीय विधिको उपयोगिताको विषयमा ठूलो उपलब्धि हाँसिल भएको छ । साथै कोभिड १९ को विषम् परिस्थितिमा तरलता व्यवस्थापन, कर्मचारीहरुबाट कार्यउपयोगिताको सम्बन्धमा र सदस्य सेवा निरन्तरताका वैकल्पिक विधिहरुको विषयमा धेरै जानकारी प्राप्त भएका छन् । महत्वपूर्ण तालिममा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा नेफ्स्कूनप्रति आभार प्रकट गर्दछु । 

उमेश पौडेल
प्रमुख कार्यकारी अधिकृत, दीपज्योती अभिबृद्धि साकोस, चितवन

संस्थामा व्यवसाय निरन्तरता योजना बनाउनुपर्छ भन्ने थियो । तर महामारीका बेलामा पनि संस्था सञ्चालन र सेवा निरन्तरताका लागि वैकल्पिक व्यवस्था समेत गरेर योजना बनाउनुपर्छ भन्ने विषयको जानकारी थिएन । कोभिड महामारीको अवस्थामा संस्था सञ्चालन र सेवाको निरन्तरतामा कठिनाई महशुस भईरहेको समयमा सदस्य सेवा निरन्तरताका वैकल्पिक विधिहरु र सदस्य सर्वेक्षण विधिबारे धेरै विषयहरु सिक्ने अवसर मिल्यो । तीन दिनको तालिम निकै उपलब्धिमूलक रह्यो । माहामारीको समयमा संस्था सञ्चालन र सेवाको निरन्तरतालाई विशेष ध्यान दिएर व्यवसाय निरन्तरता योजना बनाउन प्रतिबद्ध भएर लाग्नेछु । 

सरिना रानामगर
व्यवस्थापक, महिला अभियान साकोस, मकवानपुर

तीन दिन नै कार्यक्रम अत्यन्त महत्पूर्ण थियो । जोखिमको समयमा संस्था कसरी सञ्चालन गर्ने, सदस्यहरुको सर्वेक्षण विधि, कर्मचारी व्यवस्थापनको तरिका निकै उपयोगी लाग्यो । भोलि नै सञ्चालक समितिको बैठक राखेर व्यवसाय निरन्तरता योजना तयारीको विषयमा छलफल गर्ने निर्णय गरेका छौं । विपद्को समयमा पनि सदस्य सेवा निरन्तरता कसरी कायम गर्न सकिन्छ भन्ने विषयलाई तालिमले महत्वका साथ उजागर गरेको छ । 

नविन काफ्ले
व्यवस्थापक, शिक्षक कल्याण साकोस, दोलखा

बन्दाबन्दीको समयमा संस्था सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा राम्रो ज्ञान प्राप्त भएको छ । संस्था सञ्चालन, कर्मचारीको सुरक्षा व्यवस्था सहित परिचालन र सदस्य सेवा निरन्तरतामा योजनाको महत्वबारे उपलब्धिपूर्ण सिकाइ भएको छ । कर्मचारी आलोपालो प्रणाली, कर्मचारीका लागि वर्क फ्रम होमको वातावरण, प्रविधि प्रयोगको पहूँच विस्तार, संस्थामा तरलता व्यवस्थापन, व्याजदर परिमार्जन नीतिको  विषयमा महत्वपूर्ण सिकाइ भएको छ ।   

भर्खरै
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१६ घण्टा अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१७ घण्टा अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

१८ घण्टा अगाडि

सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन
सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

१९ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

२२ घण्टा अगाडि

स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  

२ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

१८ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 
अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

४ दिन अगाडि

पाठकबाट थप