संस्थागत पुँजीः वित्तीय सहकारीको दिगोपनाको आधार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संस्थागत पुँजीः वित्तीय सहकारीको दिगोपनाको आधार

बल्लभ तिमिल्सिना

सहकारी संस्था एक अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । अर्थात् एकपटक गठन भैसकेपछि यो निरन्तर अनन्तकालसम्म सञ्चालन भैराख्नुपर्छ, अर्को पुस्ताको उत्तराधिकारीलाई हस्तान्तरण गर्दै लानुपर्छ । यसर्थ पनि सहकारी संस्था दिगो हुनै पर्छ । वित्तीय बजारको प्रतिस्पर्धी वातावरणमा सहकारीहरुले आर्थिक वृद्धिसँगै बजारमा बलियो उपस्थिति बनाउनु जरुरी छ । मुलधारका वित्तीय संस्थाहरु नपुगेको स्थानमा वित्तीय पहुँच अभिवृद्धि गरी न्युन आय भएकाहरुलाई प्रतिस्पर्धी दरमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने काम वित्तीय सहकारीहरुले गरिरहेका छन् । सहकारी अविच्छिन्न रुपमा सञ्चालन गर्ने गरी स्थापित संस्था हुन् । यसर्थ पनि संस्था गठन गरिसकेपछि दीर्घकालसम्म सुरक्षित रुपमा सञ्चालन गर्ने गरी रणनीति तय गर्नु अहिलेको प्रमुख चुनौती हो । 

के हो सहकारीको संस्थागत पुँजी ?
वित्तीय सहकारी संस्थाहरु बैंक जस्तै कार्य गर्ने र बैंक जस्तै देखिने गरी सञ्चालन हुने प्रकृतिका सहकारी हुन् । तर नाफा आर्जन र वितरणको सिद्धान्तमा भने बैंक भन्दा सहकारीहरु फरक छन्, अर्थात् सहकारी संस्थाहरुले नाफा कमाउने र वितरण गर्ने भन्दा पनि सदस्य सेवालाई प्राथमिकतामा राखेका हुन्छन् । सहकारी संस्थाले आर्थिक वर्षको अन्त्यमा हासिल गरेको खुद बचत (नाफा) बाट सहकारी ऐनले व्यवस्था गरे अनुसार छुट््याएको जगेडा कोष र अन्य खर्च भएर नजाने (अवितरित) सबै प्रकारका कोषहरु नै सहकारीको संस्थागत पुँजीहो । कुनै कोष खर्च भएर जान्छ भने त्यस्ता कोषलाई संस्थागत पुँजीको रुपमा गणना गरिदैंन । सहकारी ऐन २०७४ को दफा ६८ ले जगेडा कोषको लागि निम्नानुसार व्यवस्था गरेको छ, 

(१) सहकारी संस्थामा एक जगेडा कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायबमोजिमको रकम रहने छन् ः–
(क) आर्थिक वर्षको खुद बचत रकमको कम्तीमा पच्चीस प्रतिशत रकम ,
(ख) कुनै संस्था, संघ वा निकायले प्रदान गरेको पूँजीगत अनुदान रकम,
(ग) स्थिर सम्पत्ति बिक्रीबाट प्राप्त रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (१) बमोजिमको कोषको रकम अविभाज्य हुनेछ ।

यस्तै सहकारी नियमावली २०७५ ले तोकेका विभिन्न कोषहरु जुन खर्च वा वितरण हुँदैनन्, ती सबैलाई पनि संस्थागत पुँजीको रुपमा लिन सकिन्छ । संस्थागत पुँजी वित्तीय सहकारीहरुको दीगो सञ्चालनको लागि मेरुदण्ड सरह हो । संस्थागत पुँजीलाई सहज रुपले बुझ्न २ वटा कुरालाई बिर्सनु हुँदैनः 
१) यो रकम घट्दैन 
२) यो रकममा कुनै प्रकारको व्याज जस्ता खर्च तिर्नुपर्दैन । 

सहकारी संस्थाले लाभांश वितरणलाई नै पहिलो प्राथमिकतामा राखेका छन् भने संस्थागत पुँजी कोष कम हुन्छ । सहकारी संस्था नाफामुखी होइन भनेर सैद्धान्तिक रुपमा व्याख्या गरिएको छ, यसर्थ नाफामुखी नभएपछि यसले लाभांश वितरणमा मात्र आफुलाई केन्द्रित गर्नु हुँदैन । वित्तीय बजारमा उपलब्ध सेवाहरुको छनौट गर्दा आम मानिसहरुले सहकारीबाट सस्तो दरमा सजिलो सेवा उपभोग गर्न सक्नुपर्छ भन्ने मान्यता राखेका हुन्छन् । यसर्थ संस्थागत पुँजीले वित्तीय सहकारीको वित्तीय संरचनामा ओगटेको हिस्साले सहकारी संस्थाले दिने सेवाको मूल्य कम गर्न मद्दत गर्दछ । तुलनात्मक रुपमा यदि संस्थागत पुँजी १० प्रतिशतभन्दा बढी छ भने अन्य वित्तीय संस्थाहरुले भन्दा कम लागतमा वित्तीय सेवाहरु उपलब्ध गराउन सहकारी संस्थाहरु सक्षम हुन्छन् । विश्व ऋण परिषद ओकुले वित्तीय सहकारीहरुको खुद संस्थागत पुँजी कुल सम्पत्तिको आधारमा कम्तिमा १० प्रतिशत हुनुपर्ने कुरालाई जोड दिएको छ ।  

वासलातको आकार ठूलो हुँदैमा मात्र संस्थालाई सुरक्षित र भरपर्दो मान्न सकिदैंन । संस्थागत पुँजी बलियो भएको संस्थाले मात्रै गतिलो मुनाफा आर्जन गर्न सक्छ । वासलातको आधारमा रहेर दुईवटा सहकारी संस्थाको तुलना गर्दा संस्थागत पुँजी तुलनात्मक रुपमा भन्दा बढी भएको संस्थाले बढी मुनाफा आर्जन गर्न सक्छ भलै त्यो संस्थाको वासलात अर्कोको भन्दा आधा किन नहोस् । संस्थागत पुँजी लागतरहित कोष हो र यो कोषमा कुनै पनि व्यक्तिगत सदस्यको हक लाग्दैन । अर्थात् संस्थागत पुँजीले आर्जन मात्रै गर्छ र यो कोषलाई बचतमा व्याज भुक्तानी गरे जसरी केही पनि पनि लागत बेहोर्नु पर्दैन । जगेडा कोषका अतिरिक्त घरजग्गा कोषलाई पनि संस्थागत पुँजीभित्र गणना गर्न सक्ने गरी हालैको ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैलाई आधार मानेर यहाँ २ वटा सहकारीहरुको वासलातलाई प्रस्तुत गरी माथिका कुराहरु प्रमाणित गर्न खोजिएको छ । 
मान्यताहरुः
क) दुईवटै संस्थाको वासलातको आकार बराबर छ, 
ख) दुईवटै संस्थाको आम्दानी र खर्चका दरहरु बराबर छन्, 
ग) एउटा संस्थाको संस्थागत पुँजी १० प्रतिशत छ र अर्को संस्थाको संस्थागत पुँजी १.५ प्रतिशत मात्रै छ । 
घ) सहजताको लागि दुई वटै वासलातलाई संक्षेपमा प्रस्तुत गरिएको छ । 

हामीले माथि ‘सहकारी क’ मा हेर्यौं भने वर्षमा पचासी लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ । यसको अन्य कारण केही हैन, संस्थागत पुँजी क सहकारीमा १० प्रतिशत थियो र ‘सहकारी ख’ मा १.५ प्रतिशत मात्रै । ‘सहकारी क’ लाई १० करोड रुपैयाँमा केही खर्च लागेन भने ‘सहकारी ख’ लाई १ करोड ५० लाख रुपैयाँमा मात्रै केही खर्च लागेन । यसर्थ बिना व्याजको रकम बढी भएको सहकारीले वार्षिक ८५ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भयो । संस्थागत पुँजीको महत्व यतिमा मात्रै सीमित छैन । संस्थागत पुँजीले भविष्यमा संस्थालाई वित्तीय संकट आइपर्दा यही रकमले संस्थालाई दिगो रहन मद्दत गर्दछ ।  

(सहकारी प्रशिक्षणमा गहिरो र लामो अनुभव प्राप्त लेखक नेफ्स्कूनका बरिष्ठ अधिकृत हुनुहुन्छ ।)

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप