आइसीएले गर्यो भर्चुअल साधारण सभा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आइसीएले गर्यो भर्चुअल साधारण सभा 

कोभिड १९ को प्रतिकूलताका बीच विश्वभरका सहकारीहरुको छाता संगठन–अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले भर्चुअल विधिबाट बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड–१९ को जारी महामारीकाबीच आइसीएले पहिलो पटक अभौतिक साधारणसभा गरेको हो । हिजो सम्पन्न उक्त सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेलको लगायत १ सय भन्दा बढी मुलुकका करिब २ सय प्रतिनिधिको सहभागिता थियो ।

नेपालमा पनि वार्षिक साधारण सभा कसरी गर्ने भन्ने सम्बन्धमा नियामक निकायबाट समयमै जानकारी वा निर्देशन नआउँदा अन्योलको अवस्थाकाबीच सहकारीहरुको विश्व मञ्च आइसीएले भने भर्चुअल विधिबाट साधारण सभा गरेको छ । यसअघि भारतस्थित विश्वकै ठूलो मल सहकारी इफ्कोले भने भौतिक र अभौतिक विधिको सम्मिश्रण अर्थात् हाइब्रिड प्रारुपबाट साधारण सभा सम्पन्न गरिसकेको छ ।

आइसीएको साधारण सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक केवी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा महासंघका संचालक खेम पाठकले पनि साधारण सभामा भर्चुअल भाग लिनुभएको थियो । कार्यक्रममा महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको पनि सहभागीता थियो । 

 

 

 

 

 

 

 

 

साधारण सभाले आइसीएका अध्यक्ष एरियल ग्वार्काेले प्रस्तुत गरेको सन् २०१९ को १७ अक्टोबरमा अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा सम्पन्न बार्षिक साधारण सभाको निर्णय अनुमोदन गरेको छ । भर्चुअल रुपमा व्यवस्थित ढंगबाट समर्थन गर्ने, नगर्ने वा तटस्थ बस्नेले हात उठाएर (ह्यान्ड रेज) मत जाहेर गर्ने विधि अपनाइएको थियो ।

सभाले सन् २०१९ को १६ डिसेम्बरमा भएको विशेष साधारण सभाको निर्णयलाई समेत अनुमोदन गरेको छ भने २०१९ को आर्थिक प्रतिवेदन र सन् २०२० को अनुमानित बजेट समेत पास गरेको छ । सो सभाले लेखा परिक्षक नियुक्त समेत गरेको छ  । लेखा परिक्षक नियुक्तिको प्रस्तावको समर्थनमा ४३५ भोट र विपक्षमा १ भोट गएको थियो भने ६ भोट तटस्थमा गएको थियो । आइसीएको विधानमा नै आपतकालिन तथा महामारीको अवस्थामा भर्चुअल साधारण सभा गर्न सकिने प्रावधान समावेश छ ।

 

 

 

 

 

 

 

 

विश्व सहकारीहरुको साझा मञ्च आइसीएमा हाल विश्वका १ सय १० देशका ३ सय १० सहकारी संघ÷संस्थाहरु सदस्य छन् । नेपालबाट राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकको ८ मताधिकार सहितको सदस्यता छ भने नेपाल कृषि सहकारी केन्द्रीय संघको ४ मत र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको ३ मताधिकार सहितको सदस्यता छ । आइसीएमा राष्ट्रिय सहकारी विकास बोर्ड पनि एसोसिएट सदस्य छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप