दोलखा र रामेछापका साकोसहरुबीच बीसीपी सम्बन्धी भर्चुअल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखा र रामेछापका साकोसहरुबीच बीसीपी सम्बन्धी भर्चुअल तालिम सञ्चालन

काठमाडौं, भदौ १९  । नेफ्स्कूनले दोलखा र रामेछाप जिल्लामा रहेका साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम कर्ब्स तथा प्रोवेसन मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी भदौ १८ गते सम्पन्न गरेको छ । भदौ १६ गतेदेखि सञ्चालन भएको उक्त गोष्ठीमा प्राविधिक रुपमा ४४ वटा साकोसबाट ५० जना भन्दा बढिको उपस्थिति रहेको थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी, रामकृष्ण भट्टराई तथा अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाले सहजिकरण गर्नुभएको उक्त तीन दिने गोष्ठीमा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्यढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता एवं फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवं कार्यगत लचकताको विषयहरु समेटिएका थिए ।

 गोष्ठी समापन का क्रममा नेफ्स्कूनका सञ्चालक एवम् दोलखा फिल्ड कार्यलय उपसमिति संयोजक जिवसराज खड्काले यस महामारीको अवस्थामा नेफ्स्कूनले साकोसहरुलाई भर्चुअल माध्यम बाट विभिन्न खाले तालिमहरु प्रदान गर्नुका साथै साकोसहरुलाई आवश्यक मार्गदर्शनहरु प्रदान गर्दै साकोसको क्षमता अभिबृद्धिमा निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि संघको सहयोग निरन्तर रहने जानकारी गराउनुभयो । उहाँले तालिममा सहभागी साकोसका प्रतिनिधिहरुलाई तीन दिवसीय बीसीपी तालिमको आधारमा अनिवार्य रुपमा व्यवसाय निरन्तरता योजना निर्माण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा दोलखा जिल्ला बचत संघ का अध्यक्ष भुमिराज खड्का र रामेछाप जिल्ला बचत संघ का अध्यक्ष जगन्नाथ दाहालले पनि आफ्नो भनाई राख्नुभएको थियो । 

गोष्ठी समापन सँगै साकोसका सहभागी प्रतिनिधिहरुले यहि असोज १० गते सम्म संस्थाको व्यावसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै संघले सोहि दिन ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्ने जानकारी गराएको छ ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप