हाम्रो एकीकृत साकोसद्वारा कोभिड बीमासँगै सदस्य सर्वेक्षण सुरु  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो एकीकृत साकोसद्वारा कोभिड बीमासँगै सदस्य सर्वेक्षण सुरु  

काठमाडौं, १९ भदौ । विश्वव्यापी फैलिएको कोभिडको संक्रमण दर नेपालमा पनि बढिरहेको परिप्रेक्ष्यमा सदस्यहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै संघीय राजधानीको स्वयम्भूस्थित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरु लक्षित १ लाख रुपैयाँको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदका अनुसार संस्थाको आमा सेवा केन्द्र–बौद्ध, पीसल्याण्ड सेवा केन्द्र–महाराजगंज, जीविकोपार्जन सेवा केन्द्र–माछापोखरी, शिक्षा सेवा केन्द्र–क्षेत्रपाटी र सहभागिता सेवा केन्द्र–स्वयम्भू गरी ५ वटै सेवा केन्द्रहरुबाट सदस्यहरुको विवरण संकलन गरी सगरमाथा इन्स्युरेन्स कम्पनीमार्फत बीमा गर्न थालिएको हो । सामूहिक जानकारीका लागि सामाजिक सञ्जाल तथा व्यक्तिगत जानकारीका लागि टेलिफोन सम्पर्क मार्फत संस्थाले बीमा कार्यक्रमलाई प्रभावकारी ढंगमा अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

बीमा कार्यक्रममा सहभागी संस्थाका सदस्यहरुले कोभिड संक्रमण देखिएमा उपचारका लागि रु १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । कार्यक्रमबारे जानकारी गराउँदा सदस्यहरु उत्साहित मात्र नभई निषेधाज्ञाको अवसरमा समेत सदस्य सम्पर्कलाई निरन्तरता दिएको भन्दै खुसी व्यक्त गरेको प्रमुख कार्यकारी अधिकृत साउदले बताउनुभयो । सदस्यहरु व्यवसाय संचालन गर्न नसकी घरमा सुरक्षित रहेको अवस्थामा सहकारी संस्थाले विभिन्न सेवाहरु उपलब्ध गराएकोले उनीहरुसँग आत्मियता बढेको उहाँको भनाइ छ ।

यसैगरी, साकोसले कोरोना भाइरसले सदस्यको जीवनमा पारेको बहुआयामिक प्रभावबारे अध्ययन गरी सदस्यहरुका स्वास्थ्य र व्यावसायिक सम्भावना र मागको यथोचित सम्बोधनका लागि आवश्यक योजना निर्माणमा सहयोगार्थ सदस्य सर्वेक्षण कार्यक्रम थालनी गरेको छ । यसबाट सदस्यहरुको पेशा तथा व्यवसायमा परेको प्रभावको वस्तुगत विश्लेषण गरी व्यवसाय पुनर्उत्थानको योजना बनाउन सजिलो हुने भन्दै त्यसका लागि तीब्र रुपमा काम अघि बढाएको प्रमुख कार्यकारी अधिकृत साउदले जानकारी गराउनुभयो ।

पहिलो चरण अन्तर्गत हाल प्रत्येक सेवा केन्द्रका कम्तिमा १० प्रतिशत सदस्यहरुको सर्वेक्षण कार्य जारी रहेको भन्दै उहाँले त्यसबाट सदस्यहरुको व्यक्तिगत र व्यावसायिक अवस्थाबारे वस्तुगत जानकारी उपलब्ध हुने बताउनुभयो । आशिंक सञ्चालनमा आएका वा पहिलेभन्दा राम्रो गरिरहेका व्यवसायहरुको पहिचान मार्फत संस्थाले त्यस्ता सदस्यहरुलाई थप सहयोगको कार्यक्रम सहितको खाका व्यवसाय निरन्तरता योजना (बीसीपी) मा  समेट्ने साउदको भनाइ छ । कोभिडबाट अत्यधिक प्रभावित सदस्यहरुको व्यवसाय पुनर्उत्थान वा विविधिकरणका सम्भावनाहरुको खोजीका निम्ति पनि ठोस योजना बनाउन सर्वेक्षण सहयोगीसिद्ध हुने प्रमुख कार्यकारी अधिकृत साउदको दाबी छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप