नेफ्स्कून कर्मचारी क्षमता अभिबृद्धि तालिम निरन्तरता......
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून कर्मचारी क्षमता अभिबृद्धि तालिम निरन्तरता......

काठमाडौं, भदौ १९ । कर्मचारीको कार्यसम्पादन सीपमा निखार ल्याउने उद्देश्यसहित नेफ्स्कूनले जुम प्रविधिमार्फत दोस्रो दिनको तालिम सम्पन्न गरेको छ । विहिबार बाट शुरु तीन दिवसीय सहायक कर्मचारी क्षमता अभिबृद्धि तालिमको आज दोस्रो दिन संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले प्रशिक्षण गर्नुभएको छ । 

कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले  कार्यसम्पादन सीप कौशल, कार्यसम्पादन प्रवृत्ति र कार्यसम्पादन लक्ष्य निर्धारण मार्फत कर्मचारीहरुको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन सकिने विषयमा विभिन्न रोचक प्रसङ्ग र सकारात्मक उदाहरणहरु सहित प्रशिक्षण दिनुभयो । साथै परिणाममुखी कार्यसम्पादनका पूर्वशर्तहरु, कार्यसम्पादन मूल्यांकनलाई प्रभाव पार्ने तत्वहरु जस्तै कर्मचारी सम्बन्ध, कार्यवातावरण, तालिम तथा बृद्धि विकासका अवसर र मूल्य सृजनाले कार्यसम्पादनको प्रभावकारिता मा महत्वम भूमिका राख्ने विषयमा ध्यानाकर्षण गराउँदै कर्मचारीको स्वास्थ्य, सुरक्षा, सकारात्मक सोच, तनाव व्यवस्थापन, स्वस्थ कार्यवातावरण र समुह कार्य नै कर्मचारीको व्यक्तिगत एव्म कार्यालयीय सफलताको अन्तिम सूचक भएको बताउनुभयो । 

संघका प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले आचारसंहिताको पालना, स्मार्ट सोच र स्मार्ट पोसाक, स्वस्थ पारिवारिक वातावरण, समय व्यवस्थापन,  समूह कार्य, स्वअध्ययन र निरन्तर अपडेट बाट कर्मचारीहरुमा प्रभावकारी कार्यसम्पादन, क्षमता तथा नेतृत्व विकास हुने जानकारी गराउनुभयो । ७० जना सहभागी उक्त तालिममा कर्मचारीहरुले राखेका जिज्ञासाहरुको सम्वोधन स्वयं प्रशिक्षकहरुले गर्नुभएको थियो ।   

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप