सवा घन्टामै सकियो आइसीएको साधारण सभा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सवा घन्टामै सकियो आइसीएको साधारण सभा

ब्रसेल्स, बेल्जियम, भदौ १९ । विश्व सहकारीको साझा मञ्च–अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को वार्षिक साधारण सभा सवा १ घन्टामै सम्पन्न भएको छ । साधारण सभालाई बृहत् आकार र समय लिएर गर्ने परिपाटीमा अभ्यस्त हामीलाई यो सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर १ सय भन्दा बढी मुलुकका करिब २ सय प्रतिनिधिहरु सहभागी आइसीएको साधारण सभा हिजो निर्धारित समय भन्दा अगाडि नै सवा घन्टामा सकिएको हो । आइसीएले १ सय २५ वर्षको इतिहासमा यो पहिलो पटक अभौतिक विधिबाट साधारण सभा सम्पन्न गरेको हो । सवा घन्टा भित्रै आइसीएले विगतको समीक्षा, वित्तीय विवरण प्रतिवेदन प्रस्तुति, सन् २०२० को अनुमानित बजेट, लेखा परिक्षकको पुनर्नियुक्ति, भावी कार्ययोजनाको प्रस्तुति लगायतका अत्यावश्यक कामहरु टुङ्गाएको हो ।

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम् आइसीए ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्लले भन्नुभयो, “सवा घन्टामै साधारण सभा सकियो, २ घन्टाको निर्धारित समय भएपनि परिस्थितिका कारण हुनसक्छ, चाँडै सकियो ।” उहाँले साधारण सभाका एजेन्डा र प्रतिवेदनहरु इमेलबाट धेरै अघि नै सदस्यहरुलाई पठाइसक्ने र त्यससम्बन्धी जिज्ञासाहरु पूर्व जानकारी गराउने विधि स्थापित भएकै कारण साधारण सभा लामो नभएको हो । मल्लले सामान्य अवस्थामा समेत आइसीएको साधारण सभा २ घन्टामा सकिने बताउनुभयो ।

बैठकमा सहभागी महासंघका सञ्चालक एवम् नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकले आइसीएको साधारण सभा एकदम संक्षिप्त भएको उल्लेख गर्नुभयो । नेपाली समयअनुसार भदौ १८ गते बुधवार साँझ ४ः४५ मा सुरु भएको सभा १ घन्टा भन्दा थोरै मात्र बढी चलेको थियो । “निर्धारित समय भन्दा अघि नै सकियो,” पाठकले भन्नुभयो, “धेरै त सुन्ने मात्र काम भयो, समय उपलब्ध गराइएपनि सहभागीहरुबाट बोल्ने काम एकदमै कम भयो ।” राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा थामसुहाङ्ले पनि सभामा कुनै किसिमको औपचारिकता नभएको बताउनुभयो । “औपचारिक उद्घाटन र लामो भाषण गर्ने काम त्यहाँ भएन,” उहाँले भन्नुभयो, “समय र औपचारिकताको ढर्राका हिसाबले सही भएपनि अन्तरक्रियात्मक भएन भन्ने मेरो गुनासो हो ।” पौने ५ बजे शुरु भएको कार्यक्रम पौने ७ बजेसम्म हुने भनिएपनि ६ बजेर केही मिनेट जाँदा नै सकिएको महाप्रबन्धक थामसुहाङ्ले जानकारी गराउनुभयो । अरु सबै कुरा ठीक भएपनि अन्तरक्रियात्मक नभएको हो कि भन्ने आफुलाई लागेको उहाँको भनाइ थियो ।

कोभिड–१९ को विश्व महामारीका कारण भौतिक रुपमा वार्षिक साधारण सभा गर्न सम्भव नभएपछि महासंघले अभौतिक विधिबाटै कार्यक्रम गरेको हो । आइसीएको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभाबाट बेल्जियमको राजधानी ब्रसेल्समा सरेपछि भने त्यहाँको राष्ट्रिय कानूनले समेत भर्चुअल विधिबाट सम्पन्न गरिएका कार्यक्रमहरुलाई मान्यता प्रदान गर्ने भएकाले नै आइसीएले पनि सोही अनुरुप विधानमा संशोधन गरेको थियो ।

महाप्रबन्धक थामसुहाङ्ले भन्नभुयो, “मेरो लागि मात्र होइन आइसीएका सबै प्रतिनिधिहरुका लागि यो नौलो अनुभव थियो । सामान्य अवस्थामा समेत उद्घाटन र अतिथिहरुको सम्बोधनमा धेरै समय खर्च नगर्ने विदेशीहरुले प्रविधिबाट जोडिएको यो अवस्थामा त झन् कम समयमै कार्य सम्पादन गर्न खोज्नु एक अर्थमा ठीक हो तर एजेन्डामा प्रश्न उत्तरको काम नुहँदा केही अपुग जस्तो लाग्यो ।” महासंघकी बरिष्ठ उपाध्यक्ष मल्लले भने च्याट सेसन र लिखित माध्यमबाट प्रश्न सोध्ने अवसर उपलब्ध भएतापनि यो पटकको परिस्थितिलाई बिचार गरेर अन्तरक्रियात्मक नभएको धारणा राख्नुभयो । परिस्थिति सहज नभएको अवस्थामा हाम्रो मुलुकमा पनि प्रविधिमार्फत साधारण सभा गर्नुपर्नेमा उपाध्यक्ष मल्लको जोड थियो । महाप्रबन्धक थामसुहाङ्ले भने नेपालमा  केन्द्रीय र जिल्ला संघहरुले भर्चुअल विधिबाट साधारण सभा गर्न धेरै हदसम्म सम्भव भएपनि प्रारम्भिक संस्थाहरुको हकमा त्यो सम्भावना झिनो रहेको बताउनुभयो । तर समय व्यवस्थापन गर्ने कुरा भने हामीले सिक्न सक्ने उहाँको भनाइ थियो । “समय व्यवस्थापनको विषय भने हामीले उनीहरुबाट सिक्नैपर्छ, “उहाँले भन्नुभयो, “उनीहरु सोझै विषयवस्तुमा प्रवेश गरिहाल्छन् । समयको एकदम ख्याल राख्छन् ।”  

भर्चुअल साधारण सभाको सुरुमै आइसीएका अध्यक्ष एरियल ग्वार्कोले एजेन्डाहरु प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजकले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्षले स्पेनी भाषामा बोलेका कुराहरुलाई अंग्रेजीमा अनुवाद गरिएको थियो । सभामा पेश गरिएका एजेन्डा उपर सहभागीहरुले हात उठाएर सहमत, असहमत र तटस्थ रहेको मत जाहेर गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

नेपालमा भने कोभिड प्रभावित अवस्थामा साधारण सभाको वैकल्पिक विधिका बारेमा अन्योल कायम छ । नियामक निकायको उदासीनताले यसका सम्बन्धमा सहकारी संघ संस्थामा अन्योल व्याप्त छ । वित्तीय सहकारीहरुको छाता संगठन नेफ्स्कूनले पनि यस विषयमा मार्गनिर्देशन जारी गर्ने तयारी गरिरहेको छ । सहकारी अभियानको अभिभावक निकाय महासंघले भने साधारण सभा आयोजनाका सम्बन्धमा विभागलाई लिखित सुझाव पठाएको तर विभागबाट त्यस सम्बन्धमा केही खबर नआएको महाप्रबन्धक थामसुहाङ्ले जानकारी गराउनुभयो । विभाग आफैले त्यसबारेमा निर्णय लिन नसक्ने कारण सम्भवतः मन्त्रालयले यस विषयमा निणर्य गर्ने उहाँको भनाइ थियो । सहकारी ऐन २०७४ मा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र सहकारी संघ संस्थाले वार्षिक साधारण सभा गरिसक्नुपर्ने उल्लेख छ । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

९ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप