भाद्र १९, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजनामा जुममार्फत प्रडक्ट डिजाइन तालिम सञ्चालन भएको छ । तालिममा उद्घाट्न मन्तव्य राख्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले महामारीको विषम परिस्थितिमा पनि संघले सदस्य संस्थाहरुलाई निरन्तर शिक्षा, तालिम तथा सूचना प्रदान गर्न जुम प्रविधिको सदुपयोग गरी भर्चुअल तालिमहरु सञ्चालन भइरहेको कुरा बताउनुभयो । वहाँले जिल्ला प्रशासन कार्यालयले तीन हप्तासम्म निषेधआज्ञा जारी गर्दा अतिआवश्यक सेवाका पसल व्यवसायका साथै विकास निर्माणसँग सम्वन्धित पसल व्यवसाय समेत निश्चित समय सञ्चालन गर्न पाउने अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय अबलम्वन गरिरहेका सहकारी संस्थाको सेवावारेमा उल्लेख नगरी सहकारी क्षेत्रलाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ती प्रकाशित गरेको कुरा बताउनुभयो ।
संघका वित्तीय सेवा प्रवर्द्धन उपसमितिका सदस्य राजकुमार लघुले महामारीको अवस्थामा तालिम आवश्यकताको विश्लेषणबाट प्राप्त पृष्ठपोषणका आधारमा भाद्र ९ गते बार्षिक योजना तथा बजेट निर्माण तालिम, भाद्र १६ गते महामाहारीमा ऋण व्यवस्थापन तालिम सम्पन्न गरेको कुरा बताउनु भयो । वहाँले सहभागीहरुलाई स्वागत गर्दै महामाहारीको अवस्थामा व्यवसाय निरन्तरतामा यस तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
बाराही बचत तथा ऋण सहकारी संस्था लिका व्यवस्थापक शिवजी हाकुदुवालले प्रडक्टको परिभाषा, प्रडक्ट निर्माणका प्रक्रिया, बजारिकरणका बारेमा प्रस्तुतीकरण गर्दै तालिम दिनुभयो । साथै महामहारीको अवस्थामा सहकारी व्यवसायलाई निरन्तरता दिन महामाहारीलाई अवसरको रुपमा लिई नयाँ प्रडक्टहरु बनाउन सकिने कुराहरु बताउनुभयो । महामारीको अवस्थामा सहकारी संस्थाले गर्नुपर्ने कामहरुबारे जानकारी गराउनुभयो ।
तालिम संघको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको थियो भन्ने जुममा प्रत्यक्ष ६३ जनाको सहभागिता रहेको थियो । तालिममा उठेका जिज्ञासा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, प्रस्तोता बाराही साकोसका व्यवस्थापक शिवजी हाकुदुवाल र संघका व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्नु भएको थियो ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
१० दिन अगाडि
२६ दिन अगाडि
२३ दिन अगाडि
३४ दिन अगाडि
३४ दिन अगाडि
२७ दिन अगाडि